२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराजनीतिक संयन्त्रको बैठक ५ बजे बस्दै, स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सम्भावना बढी

राजनीतिक संयन्त्रको बैठक ५ बजे बस्दै, स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सम्भावना बढी


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउने सम्भावना बढेको छ । सोमबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको लन्च मिटिङपछि रास्वपाले स्वास्थ्य मन्त्रालय पाउने सम्भावना बढेर गएको हो ।

प्रधानमन्त्री दाहाल निकट स्रोतका मन्त्रालयको भागबण्डा लगभग टुंगिएको छ । ‘त्यसलाई अन्तिम रुप दिन गठबन्धन दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आजै बस्ने बताइएको छ । ‘आजै पाँच बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ,’ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बैठकपछि भने, ‘अन्य बाँकी सबै कार्यसूचीमा छलफल हुन्छ ।’

स्रोतकाअनुसार रास्वपाले स्वास्थ्य मन्त्रालय र युवा त खेलकुद मन्त्रालय पाउने भनिएको छ । तर, यसको अन्तिम टुंगो भने लागिसकेको छैन । ‘मोटामोटी सहमति जुटिसकेको छ, लगभग यही नै हुन्छ होला,’ केही मन्त्रालयको जिम्मेवारी तलमाथि हुन सक्छन् ।’ स्रोतकाअनुसार एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले लिने मन्त्रालय संख्यामा पनि लगभग सहमति जुटेको छ।

बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले पनि आजै मन्त्रिपरिषद् विस्तारको काम टुंगिने प्रक्रिया दिएका छन् । स्रोतकाअनुसार मन्त्रालयका बाँडफाँडका विषयमा दाहालले गठबन्धनका अन्य दलका नेताहरुसँग छलफल गरिसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ