२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघ मतगणनाः डा. अनिलविक्रमको फराकिलो अग्रता, कसले कति भोट ल्याए ?

नेपाल चिकित्सक संघ मतगणनाः डा. अनिलविक्रमको फराकिलो अग्रता, कसले कति भोट ल्याए ?


काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । मंगलबार अपराह्नसम्म राजधानीबाहिरको मतगणना सकिँदा ५६५२ मतगणना भएको छ ।

अध्यक्षमा सुरुवातीदेखि नै अग्रता लिइरहेका डा. अनिलविक्रम कार्कीको अग्रता कायमै छ । उनले ३१६२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका डा. सन्तोष पौडेलले २१०० मत ल्याएका छन् । यसैगरी अध्यक्षका अर्का प्रत्यासी डा. शिवजी विक्रम सिलवालले २६० मत ल्याएका छन् ।

महासचिवमा डा. संजीव तिवारी २५७२ मतका साथ अग्र स्थानमा छन् भने डा. अमृत भुसाल १४१४ मतका साथ दोस्रो स्थानमा छन् । डा. रक्षा श्रेष्ठले भने १३५८ मत ल्याएकी छन् ।

मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह २७४६ मतका साथ अग्र स्थानमा छन् । उनलाई पछ्याइरहेका डा. महेश महासेठले १४०९ र डा. अजयकुमार मिश्रले १०२७ मत ल्याएका छन् ।

बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ३१४८ मतका साथ अग्रता बनाइरहेका छन् उनलाई डा. संजय ठाकुरले २०२० मतका साथ पछ्याइरहेका छन् ।

गण्डकी प्रदेशमा डा. राजन शर्माले २९७४ मतका साथ अग्रता हासिल गरिरहेका छन् भने उनलाई डा. विकास गौचन २१४५  मतका साथ पछ्याइरहेका छन् ।

यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रकान्त भट्ट २९८५ मतका साथ अग्र स्थानमा छन् भने उनलाई डा. निरज अर्याल २०९६ मतका साथ पछ्याइरहेका छन् ।

सदस्यहरुमा
डा. अभियान गौतम १७५३
डा. अमित रन्जन मिश्र २८३१
डा. चेतन बस्नेत १३५८
डा. किशोर खत्री २६३४
डा. मनोर दिन सैयद १८६७
डा. मोहम्मद अमुल हक १०३९
डा. पदम नेपाली २३३२
डा. रमेश श्रेष्ठ १४५६
डा. रामकृष्ण आचार्य १२५१
डा. स्मृति महत २४५१
डा. सृजना विष्ट २७८३
डा. सुरेन्द्र यादव  १५३९
डा. तेज्सु सिंह मल्ल २९३९
डा. योभिन यादव २५०३


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ