२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपातारासीमा पाँच शय्याको अस्पताल स्थापना गर्न माग 

पातारासीमा पाँच शय्याको अस्पताल स्थापना गर्न माग 


जुम्ला – जुम्लाको पातारासी गाउँपालिकामा पाँच शय्याको अस्पताल स्थापना गर्न माग गरिएको छ । पातारासी गाउँपालिकाको अर्धवार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले यस्तो माग गरेका हुन् ।

संघीय सरकारले स्थानीय तहमा ५ देखि १० शय्याको अस्पताल निर्माण गर्नका लागि बजेट विनियोजन गर्ने भएपनि स्थानीय तहले पहल नगर्दा अस्पताल निर्माण हुन नसेको स्थानीय हरिचन्द्र बुढाले बताए । उनले भने अन्य पालिकामा पहिलो स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पहल थालेपछि अहिले निर्माण हुँदै छन् । तर हाम्रा पहिले र अहिलेका जनप्रतिनिधिले पहल नै गरेका छैनन् ।

पातारासी गाउँपालिका उपप्रमुख जनमाया रोकायाका अनुसार पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ काम गर्दै आएको छ । उनले भनिन् “यस पालिका भित्रका छुमचौर, डिल्लीचौर र पटमारा स्वास्थ्य चौकीबाट ब्रथिङ सेन्टर सञ्चालन गरेका छौँ । नागरिकको औषधि उपचारमा प्राथमिकता दिँदै आएका छौँ । “

यस्तै पातारासी गाउँपालिका भित्रका सबै नागरिकको स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्ने अभियान थालिएको उनले बताइन् । उनले भनिन् “स्वास्थ्य बिमा नगरेका नागरिकको पहिलो पटक गाउँपालिकाको लगानीबाट गर्ने तयारी गरेका छौँ । “

गाउँपालिका तथा वडा कार्यालयको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच छलफल गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद धितालेले बताए  । उनका अनुसार  असारे विकासलाई अन्त्य गर्नका लागि सबै वडाध्यक्षलाई योजना सम्झौता छिटोछरितो गर्न  अनुरोध गरिएको छ ।

त्यस्तै सेवाग्राही प्रति सेवा प्रदायक तथा निर्वाचित जनप्रतिनिधिहरूलाई जवाफदेही बनाउने उद्देश्यले आयोजना गरिएको  गत आव २०७८/७९को सार्वजनिक सुनुवाइ तथा  चालु आव २०७९/२०८०को समिक्षा कार्यक्रममा गरिएको हो । सेवाग्राहीहरूको गुनासो वा जिज्ञासाको बारेमा प्रश्नोत्तरको बारेमा  पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिहं बोहोराले बताए ।

उनका अनुसार आगामी दिनमा सेवा सुधारका लागि मार्ग निर्देशन, नागरिकलाई सूचनाको हकको प्रत्याभूति दिलाउने लगायतका विषयमा छलफल गरिएको छ ।

पातारासी गाउँपालिकाको २०७८/२०७९ को  प्रस्तावित आय ४८ करोड ७५ लाख ५५ हजार १ सय ३० रहेको थियो । वास्तविक  आय ४५ करोड ३७ लाख ३९ हजार ९ सय ४७  रहेको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ