२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजिल्ला अस्पताल मुगुमा औषधी अभाव हुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल मुगुमा औषधी अभाव हुँदा बिरामी मर्कामा


जुम्ला – जिल्ला अस्पतालमा औषधी अभाव हुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका छन् । १५ शय्याको जिल्ला अस्पतालमा माघ १ गते देखि जिल्ला अस्पतालमा औषधी अभाव हुँदा उपचार गर्न आउने बिरामीहरू मर्कामा परेका हुन् ।  डाक्टरले लेखेको औषधी निजी मेडिकलमा किनेर सेवन गर्न बाध्य भएको बिरामीहरूको गुनासो रहेका छन् ।

जिल्ला अस्पतालमा हाल सबै भन्दा बढी अभाव बच्चाहरूलाई ज्वरो आउँदा  दिइने बेबी सिरप, कफ सिरप र ठायनीलिन छन् । जिल्ला अस्पतालमा पाइने निःशुल्क औषधी पाउने जानकारी भए पनि आफ्नो बच्चालाई ज्वरो आएपछि चेकजाँच गर्न जाँदा डाक्टरले औषधी नभएको भन्दै मेडिकलमा किनेर लैजाने भन्ने गरेका छन् ।

आफूले डाक्टरको लेखिदिएको अनुसारको औषधी मेडिकलबाट किनेर लगेको छाँयानाथ रारा नगरपालिका—४की जौमति भियालले बताइन् । छातीमा समस्या भएर जिल्ला अस्पतालमा माघ २६ गते अस्पतालमा चेक जाँच गर्न पुगेकी छाँयानाथ रारा नगरपालिका—११ की धनदेबी बुढालाई बच्चालाई सेवन गर्ने औषधी अस्पतालमा सकिएको भन्दै मेडिकलमा किनेर लैजान डाक्टरले सल्लाह दिएको बताइन् ।

गाउँमा भएको स्वास्थ्य चौकीमा औषधी पाउन मुस्किल हुन्छ । अस्पतालमा पुग्दा राम्रो औषधी र डाक्टरको चेक जाँचको आशामा बिरामी पुग्छन् । डाक्टरबाट चेकजाँच पाएको भए पनि डाक्टरले लेखेको औषधी पाउन मुस्किल हुन्छ । डाक्टरले लेखेको औषधी जिल्ला अस्पतालमा नपाउँदा बिरामीहरू निजी मेडिकलमा जानुपर्ने बाध्यता भएको छ ।

जिल्ला अस्पतालमा आउने सबै खाले निःशुल्क औषधी सबै पुग्दैन । आएको औषधी बिरामीको समस्या अनुसार  डाक्टरको सल्लाह अनुसार बिरामीले पाउँदै आएका छन् ।

केही औषधी अस्पतालमा नहुँदा बिरामीले बाहिरबाट किनेर सेवन गर्नु परेको होला तर सबै औषधी अभाव छैन । औषधी अभाव भएको भए तत्काल औषधीको व्यवस्था गर्नका लागि स्टोर फाँटसँग जानकारी लिएर औषधी माग गर्न सकिने डाक्टर कर्णराज भामले बताए । डाक्टर भामका अनुसार मौसमी बिरामीको सङ्ख्या बढेपछि औषधीको अभाव हुन्छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ