२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकाठमाडौँमा उपकरण र औषधी जुटाउँदै सिँजा गाउँपालिका

काठमाडौँमा उपकरण र औषधी जुटाउँदै सिँजा गाउँपालिका


जुम्ला – जुम्लाको सिँजा उपत्यकामा हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिका रहेका छन् । यिनै तिन वटा पालिका मध्ये सिँजा गाउँपालिका  सिँजा  उपत्यकाको मध्ये भूभाग नराकोटमा रहेको छ । सदरमुकाम खलंगामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षा अस्पतालदेखि पैदल एक दिनको दुरीमा सिँजा क्षेत्र रहेको छ ।

सिँजादेखि प्रतिष्ठानसम्म पुग्न बिरामीलाई टाढा भएकोले स्थानीय स्तरमै औषधि उपचार गर्नका लागि सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल काठमाडौँमा औषधि र उपकरण जुटाउँदै आएका छन् ।

सिँजा गाउँपालिकामा स्वास्थ्य चौकी ३ वटा, आधारभूत स्वास्थ्य केन्द्र ३ वटा र सामुदायिक स्वास्थ्य क्लिनिक १ वटा गरी ७ वटा स्वास्थ्य संस्था रहेको जनस्वास्थ्य निरीक्षक प्रकाश धितालले बताए । उनले भने सबै स्वास्थ्य संस्थामा पर्याप्त औषधि र उपकरण जुटाउनका लागि पालिका अध्यक्ष धिताल काठमाडौँमा जुटिरहनु भएको छ ।

काठमाडौँ स्वास्थ्य सेवा विभागबाट  २५ लाख बराबरको उपकरण, औजार र औषधी सिँजा गाउँपालिकालाई प्राप्त भएको छ ।
स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने महत्त्वपूर्ण औषधी र औजार लाएर जनतालाई रोगबाट बचाउन, स्वास्थ्यकर्मीलाई स्वास्थ्य क्षेत्रमा काम गर्न सहज होस् भन्ने उद्देश्यले औषधि उपकरण जुटाउन थालिएको अध्यक्ष धितालले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ