२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र 

स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र 


जुम्ला – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अगाडी सारेका थिए । सोही अनुरूप कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको हो ।

उक्त योजना अन्तगत जुम्लाको तिला गाउँपालिका – ३ कुडारीमा ०७७ मङ्सिर २१ गते १० शय्याको अस्पताल निर्माणको शिलान्यास गरिएको थियो । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले शिलान्यास गरेका हुन् ।

१० शय्याको अस्पताल निर्माणका लागि संघीय सरकारले १२ करोड बजेट विनियोजन गरेको थियो । ०७९ माघ अन्तिम साता निर्माण कार्य सम्पन्न हुन सकेको छैन । उक्त आयोजना अहिले अलपत्र अवस्थामा रहेको छ ।

तिला गाउँपालिका जुम्लाका सव इन्जिनियर धनप्रसाद चौलागाईका अनुसार अहिलेसम्म अस्पतालको निर्माण कार्य २० प्रतिशत मात्रै भएको छ । संघीय सरकार स्वास्थ्य मन्त्रालयबाट बजेट आउनु पर्ने हो । उनले भने समयमा बजेट नआउँदा भने जस्तो काम हुन सकेको छैन ।

हाँडसिंजाको अस्पताल फाउण्डेसनमै
यस्तै कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजामा १५ शय्याको अस्पताल निर्माण गर्न तत्कालीन पालिका अध्यक्ष नरवीर रावतले शिलान्यास गरेका हुन् । अहिलेसम्म शिलान्यासमै सीमित रहेको छ ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयको बजेटमा यहाँको हाँडसिंजामा १५ शय्याको अस्पताल शिलान्यास गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले १८ करोड ५० लाख रुपैयाँ विनियोजन भएको थियो । अस्पताल बनाउन स्थानीयले करिब ४ हजार वर्ग मिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

स्थानीय स्तरमै अस्पताल बनेपछि निःशुल्क रूपमा औषधि उपचार गर्न पाइने अपेक्षासहित स्थानीय निःशुल्क जग्गा प्रदान गरेका हुन् । तर लामो समयसम्म अस्पताल निर्माण कार्य दृत गतिमा निर्माण हुन नसकेको स्थानीय बासीले गुनासो गरेका छन् ।

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार अस्पताल निर्माणको फाउण्डेसन निर्माण हुदैछ । उनले भने जग्गा समतल बनाउने काम भएको छ । केही निर्माण सामग्री ल्याएर फालिएको छ ।

करिब एक करोड २० लाख बजेट ठेकेदारले पेस्की लिए पनि सोही बमोजिम काम नभएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् धेरै ताकेता गर्दा फागुन दोस्रो साताबाट निर्माण कार्य दृत गतिमा गर्ने बुझिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ