२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानमा बढ्दै २० वर्षमुनि गर्भवती हुनेको संख्या

सल्यानमा बढ्दै २० वर्षमुनि गर्भवती हुनेको संख्या


सुर्खेत – सल्यानमा २० वर्षमुनिका गर्भवती हुनेको संख्या बृद्धि हुदैँ गएको छ । ‘बिहेवारी २० वर्ष पारी’ भनी नेपालको संविधानमा उल्लेख गरिए पनि सल्यानमा २० वर्ष नपुग्दै विवाह गर्ने र गर्भवती हुनेको संख्या बढ्दै गएको हो ।

बालविवाह गर्ने १५ वर्षदेखि १९ वर्षका धेरै रहेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाभर ७ हजार २ सय ५७ महिला गर्भवती भएकोमा १ हजार ७ सय ५७ जना गर्भवती २० बर्समुनिका थिए । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाभर ६ हजार १९ महिला गर्भवती भएकोमा १ हजार ५ सय ९५ जना गर्भवती २० बर्समुनिका थिए ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म करिब ६ हजार जना गर्भवती भएकोमा १ हजार ५ सय ९ जना २० वर्षमुनि रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाभरका स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने २० वर्ष मुनिका किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले बताए । ‘वर्षेनी जिल्लामा २० वर्ष मुनिको गर्भ जाँच गराउन आउने किशोरीहरूको सङ्ख्यामा तुलनात्मक रूपमा कमी आए पनि अपेक्षाकृत रूपमा कमी आउन सकेको छैन ।’

उनले भने,‘शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रूपमा पछि परेका समुदायमा कम उमेरमा विवाह गर्ने चलन बढी रहेको छ ।’

नेपालको कानुनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । तर, बालविवाह रोकथामका लागि बनाइएका कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ