२०८१ असार १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेसनल बर्न सेन्टर लगिदैं : आमाको निधन

सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेसनल बर्न सेन्टर लगिदैं : आमाको निधन


काठमाडौं—ग्याँस सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिने भएको छ । कीर्तिपुर अस्पतालले सांसद भण्डारी र उनकी आमालाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान आग्रह गरेको थियो ।

अस्पतालको उक्त आग्रहपछि सरकारले सांसद भण्डारीलाई भारत लैजाने तयारी गरेको हो । उनलाई अब केही समयमै श्री एयरलाइन्समार्फत भारत लैजान लागिएको हो ।

घाइते सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कीर्तिपुर अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले थप उपचारका लागि भारत लैजाने तयारी भएको जानकारी दिए । यसैगरी, समामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

भण्डारीको अनुहार, हात गोडा गरी २५—३० प्रतिशत अंग जलेको अस्पतालले जनाएको छ । उनको भारतमा लगेर उपचार गर्दा लाग्ने खर्चका अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

वुद्धरनगरस्थित घरमा बुधबार राति ९ः३० बजे ग्याँस विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । त्यस लगतै उनलाई उपचारका लागि सिभिल अस्पताल पु¥याइएको थियो । त्यहाँबाट कीर्तिपुर अस्पताल लगिएको थियो ।

उपचारका क्रममा सांसद भण्डारीकी आमा हिराकला भण्डारीको भने विहान निधन भएको छ । ८६ वर्षकी हिराकलाको शरीरको ७० प्रतिशत भागमा जलन भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ