२०८३ असोज १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सांसद भण्डारीको पहिलो शल्यक्रिया सफल

सांसद भण्डारीको पहिलो शल्यक्रिया सफल


काठमाडौं—ग्याँस सिलिण्डर विस्फोट भएर गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ । शुक्रबार उनको दायाँ खुट्टाको पहिलो शल्यक्रिया सफल भएको उनका सहयोगी योगराज कँडेलले जानकारी दिए ।

भण्डारीको शल्यक्रिया गहिलो इन्जुरी रहेको दायाँ खुट्टाको शल्यक्रिया सफल भएको हो । उनले शल्यक्रियामा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै फेसबुकमा दायाँ खुट्टाको गहिलो इन्जुरी रहेका कारण शल्यक्रियामा लामो समय लागेको उल्लेख गरेका छन् ।

‘मुख्य सर्जन डा. सुनिल केसवानीको भनाइअनुसार चन्द्र दाइको दायाँ खुट्टामा एकदमै डिप इन्जुरी रहेको कारण सोचेभन्दा धेरै समय सर्जरीमा लाग्यो,’ उनले फेसबुकमा लेखेका छन्, ‘अर्को खुट्टा माइल्ड इन्जुरी रहेको छ । दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको छ ।’

उनले दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने भन्ने विषयमा अब्जरवेसनपछि मात्रै निर्णय हुने उल्लेख गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ