२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी वर्षदेखि पिजीको पढाइ सुरू गर्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी वर्षदेखि पिजीको पढाइ सुरू गर्ने


काठमाडौं—दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको स्नातकोत्तर (पिजी) अध्ययन सुरु गर्ने तयारी गरेको छ । पिजी कार्यक्रम सुरु गर्ने उद्देश्यले प्रतिष्ठानले पाठ्यक्रम तय गर्ने कार्य अन्तिम चरणमा पुगेको प्रतिष्ठानका मेडिकल निर्देशक डा. रमेश कँडेलले जानकारी दिए ।

प्रतिष्ठानले आगामी वर्षबाट स्त्री तथा प्रसुति रोग विशेषज्ञ, हाडजोर्नी शल्य विशेषज्ञ, इन्टरनल मेडिसिन, एमडिजिपी र इमर्जेन्सी मेडिसिन अध्ययन—अध्यापन गराउने तयारी गरेको हो ।

ती विषयहरु अध्ययन गराउनका लागि केही दिनअघि पाठ्यक्रम विकास कार्यशाला गोष्ठीसमेत प्रतिष्ठानले सम्पन्न गरिसकेको छ । प्रतिष्ठानले तय गरेको पाठ्यक्रमलाई कार्यशालाबाट थप सल्लाह सुझावसहित अन्तिम रुप दिइएको डा. कँडेलले जानकारी दिए ।

कार्यशालामा स्वास्थ्य सचिव डा. रोशन पोखरेल, प्रतिष्ठानका उपकुलपतिलगायत पदाधिकारीहरु, चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. दिलीप शर्मा, डा. रमेश आचार्य तथा विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयका विषय विज्ञहरु उपस्थित रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ