२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व स्वास्थ्यमन्त्री डा. श्रेष्ठको पार्थिव शरीरमा स्वास्थ्य र परराष्ट्रमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

पूर्व स्वास्थ्यमन्त्री डा. श्रेष्ठको पार्थिव शरीरमा स्वास्थ्य र परराष्ट्रमन्त्रीले ओढाए राष्ट्रिय झण्डा


काठमाडौं–पूर्व स्वास्थ्यमन्त्री प्रा.डा. मधुराप्रसाद श्रेष्ठको पार्थिव शरीरमा स्वास्थ्यमन्त्री पदम गिरी र परराष्ट्र मन्त्री डा. विमला पौडेल राईले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । मंगलबार विहान पशुपति आर्यघाटमा मन्त्रीद्वयले डा. श्रेष्ठको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका हुन् ।

सोमबार विहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएका उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदैंछ । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्यान संस्थान (आईओएम)का पहिलो प्राध्यापक डा. श्रेष्ठ ८८ वर्षको उमेरमा निधन भएको हो ।

प्रा.डा. श्रेष्ठ वि.सं. २०४७ सालको अन्तरिम मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री थिए । सामुदायिक चिकित्साका ज्ञाता रहेका डा. श्रेष्ठकै योजनामा चिकित्सक सहर केन्द्रीत होइन्, समुदाय केन्द्रीत हुने पाठ्यक्रम तय भएको थियो ।

कम्युनिटी मेडिसिनका प्रवर्तक रहेका उनले बनाएको पाठ्यक्रम भारतमा समेत फ्लो गरिदैं आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ