२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसांसद भण्डारीलाई मुखबाट खाना खुवाइने, सबै स्वास्थ्य पारामिटर नर्मल

सांसद भण्डारीलाई मुखबाट खाना खुवाइने, सबै स्वास्थ्य पारामिटर नर्मल


काठमाडौं—ग्याँस विस्फोटनमा परेर गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको स्वास्थ्य क्रमसः सुधार देखिएको छ । मुम्बईस्थिन नेसनल वर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको सबै स्वास्थ्य प्यारामिटरहरु नर्मल रहेका छन् ।

बुधबार उनका सहयोगी योगराज कँडेलले भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी दिदैं डा. मुकेश मिश्राले आफूहरुलाई काउन्सिलिङ गरेको बताएका छन् । डा. मिश्रालाई उदृत गर्दै उनले सांसद भण्डारीलाई हिजोसम्म पाइपबाट खाना खुवाइदैं आएकोमा आजबाट ओरल फुडिङ (मुखबाट) खाना खुवाउन सुरु गरिने जानकारी दिए ।

यस्तै, भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि ८ लिटरबाट ६ लिटरमा झारिएको छ भने एण्टीबायोटिकले राम्रो काम गरेकोले इन्फेक्सन एकदमै न्यून भएको छ । उनमा ज्वरो नआएको कारण डराउनुपर्ने अवस्था नरहेको कँडेलले जानकारी दिए ।

एक्सरे भने तलको पुच्छारको भागमा हेजी देखिएको तर पहिलाको तुलनामा कम भएको काउन्सिलिङ डाक्टरले उनलाई गरेका छन् । ‘तर, देखिएको हेजी भाग पूरानो पहिलादेखिको पनि हुन सक्नेसमेत अनुमान गरिएको भन्दै थिए डाक्टरहरु,’ उनले भने ।

चिकित्सकहरुले अबको काम भनेको सांसद भण्डारीलाई इन्फेक्सनबाट बचाउने भएको काउन्सिलिङ गरेका छन् ।

३ फागुनमा सांसद भण्डारी बुद्धनगरस्थित डेरामा ग्याँस विस्फोट हुँदा गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई थप उपचारका ४ फागुनमा मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ