२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसाइमनको सुदूरपश्चिम प्रदेशमा क्षेत्रीय सम्मेलन आज

साइमनको सुदूरपश्चिम प्रदेशमा क्षेत्रीय सम्मेलन आज


काठमाडौं-सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) सुदूरपश्चिम प्रदेशमा क्षेत्रीय सम्मेलन गर्ने भएको छ । शनिबार सिकलसेल रोगका बारेमा प्रदेशका विभिन्न निकायमा कार्यरत चिकित्सकहरुलाई अभिमुखीकरण गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको साइमनका महासचिव डा. मुकुन्दराज काफ्लेले जानकारी दिए ।|

उक्त सम्मेलनको संयोजकत्व सूदूरपश्चिम प्रदेश धनगढीका वरिष्ठ फिजिसियन तथा साइमनका केन्द्रिय सदस्य डा. शुवेशराज कायस्थले गर्नेछन् । सम्मेलनको अध्यक्षता साइमनका केन्द्रीय सभापति तथा वरिष्ठ हृदयरोग विशेषज्ञ फिजिसियन डा. अरुण मास्केले गर्नेछन् ।

सम्मेलनमा धनगढीमा कार्यरत विशेषज्ञ चिकित्सकहरुबाहेक नेपालगंज, टिकापुर, महेन्द्रनगर, तथा काठमाडौंबाट समेत आमन्त्रित विशेषज्ञहरुले १६ वटा विभिन्न विषयगत कार्यपत्रहरु प्रस्तुत गर्ने डा. काफ्ले जानकारी दिए।

‘विभिन्न विषयका चिकित्सकहरु एउटै ठाउँमा बसेर एउटै रोगको बारेमा छलफल तथा विचार मन्थन गरिने यो क्षेत्रीय सम्मेलन सिकलसेल रोग लागेका बिरामीको हेरचाह तथा उपचारको सन्दर्भमा कोशे ढुंगा सावित हुने विश्वास लिएको छ,’ महासचिव डा. काफ्ले भने ।

झण्डै ७०० सदस्य रहेको साइमन देशभरीका फिजिसियनहरुको सबैभन्दा ठूलो पेशागत संस्था हो । साइमनले काठमाडौं तथा मोफसलमा चिकित्सकहरुको शैक्षिक वृत्ति विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा भने साइमनको आयोजनामा कार्यक्रम पहिलो पटक हुन लागेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ