२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमिर्गौला प्रत्यारोपण सुरु गरेका पश्चिमाञ्चल र सुर्खेत अस्पताललाई ५/५ करोड अनुदान दिने तयारी

मिर्गौला प्रत्यारोपण सुरु गरेका पश्चिमाञ्चल र सुर्खेत अस्पताललाई ५/५ करोड अनुदान दिने तयारी


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहिर मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने दुई सरकारी अस्पताललाई थप १० करोड अनुदान दिने तयारी गरेको छ ।

सरकारले गत आर्थिक वर्षमा उपत्यकाबाहिर ७ वटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सुरु गर्न १० करोड रुपैयाँ विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल र प्रादेशिक अस्पताल सुर्खेतले प्रत्यारोपण सुरु गरेका छन् ।

दुई अस्पतालले प्रत्यारोपण सुरु गरेका कारण ५/५ करोड रुपैयाँ थप अनुदान दिने प्रक्रिया अगाडि बढेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । ‘दुई अस्पताललाई ५/५ करोड रुपैयाँ दिने तयारी भएको छ,’ स्रोतले भन्यो, ‘अर्थ मन्त्रालयमा सहमतिका लागि पठाउने तयारीमा छ ।’

पोखरामा गत असारबाट मिर्गौला प्रत्यारोपण सुरु गरिएको हो भने सुर्खेतमा माघबाट प्रत्यारोपण गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ