२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. दिपक थापालाई न्याम्सको निमित्त उपकुलपति बनाउने तयारी

डा. दिपक थापालाई न्याम्सको निमित्त उपकुलपति बनाउने तयारी


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको निमित्त उपकुलपति डा. दिपक थापालाई बनाउने तयारी भएको छ । न्याम्सका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले न्याम्सका ११ औं तहका सिनियर चिकित्सक डा. थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने तयारी गरेका हुन् ।

‘सिनियर मध्येबाट डा. दिपक थापालाई न्याम्सको निमित्त उपकुलपतिको जिम्मेवारी दिने तयारी प्रधानमन्त्रीको छ,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘उहाँलाई जिम्मेवारी दिंदा न्यायसंगत पनि हुन्छ ।’

तर, नेपाली कांग्रेस निकट चिकित्सकहरुले भने वीरका पूर्व निर्देशक डा. भुपेन्द्र बस्नेतलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिनुपर्ने दबाब दिएका छन् । तर, प्रधानमन्त्रीले भने सिनियरलाई दिंदा न्याय हुने भन्दैं डा. थापालाई उक्त जिम्मेवारी दिने तयारी गरेका हुन् ।

३० चैतमा उपकुलपति प्रा.डा. डिएन शाहको ४ वर्षे कार्यकाल सकिएसँगै न्याम्सको उपकुलपति पद रिक्त बनेको छ । त्यसपछि सरकारले न्याम्सको उपकुलपति नियुक्त गर्न सकेको छैन भने निमित्तको जिम्मेवारी पनि कसैलाई दिइएको छैन ।

न्याम्सको निमित्त उपकुलपतिका लागि न्याम्स कार्यकारी परिषद्को सिफारिसमा सहकुलपतिले जिम्मेवारी तोक्न सक्छन् । उपकुलपति, रेक्टर, रजिष्ट्रार डिन, शिक्षकमध्येबाट एक जना र अस्पतालको निर्देशक सदस्य रहेन न्याम्समा न्याम्सको कार्यकारी परिषद्मा अहिले एक जना मात्रै सदस्य छन् ।

अहिले कार्यकारी परिषद् अस्पतालका निर्देशक डा. सन्तोष पौडेल मात्रै छन् । अरु, सबै सदस्यहरु खाली रहेका छन् ।

न्याम्सको ऐनमा अर्को व्यवस्था नभएसम्मका लागि सहकुलपतिले निमित्त उपकुलपतिको जिम्मेवारी तोक्न सक्ने न्याम्सको ऐनमा व्यवस्था छ । न्याम्सको सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री हुने व्यवस्था छ ।

तर, अहिले प्रधानमन्त्री दाहालले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि आफैले राखेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ