२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मनाइयो विश्व मुख स्वास्थ्य दिवस

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मनाइयो विश्व मुख स्वास्थ्य दिवस


धरान—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ । आइतबार मार्च २० मा विश्वभर मनाइने मुख स्वास्थ्य दिवस प्रतिष्ठानले विविध कार्यक्रममा साथ मनाइएको हो ।

प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरीले सो अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरेको प्रतिष्ठानकी प्रवक्ता डा. अन्जु प्रधानले जानकारी दिइन् । प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरी र नेपाल डेन्टल एशोसिएसन सुनसरी शाखाका विद्यार्थी इकाईले संयुक्त रुपमा आयोजना गरेका उक्त कार्यक्रममा चिकित्सक तथा विद्यार्थीहरुले फोटो, पोष्टर, ई(पोष्टर, भिडियो, आर्टिकलहरु प्रदर्शन गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले नाटक, फेस पेन्ट तथा फ्ल्याससमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा.संजिवकुमार शर्मा, शैक्षिक डिन, प्रा.डा.शिवेन्द्र झा तथा कलेज अफ डेन्टल सर्जरीका चिफ प्रा.डा.आशिष श्रेष्ठलगायत शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।

यस वर्ष विश्व मुख स्वास्थ्य दिवसको ‘आफ्नो्र मुखको स्वास्थ्य माथि गर्व गरौं’ नाराका रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ