गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ ६ महिनादेखिको तलब भत्ता पाउनुपर्ने भन्दै धनगढी उपमहानगरका स्वास्थ्यकर्मी धर्नामा ६ महिनादेखिको तलब भत्ता पाउनुपर्ने भन्दै धनगढी उपमहानगरका स्वास्थ्यकर्मी धर्नामा पदम राज भट्ट आईतबार, २०७९ चैत्र १२ गते, १३:०९ मा प्रकाशित धनगढी – धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमूलक कार्यक्रमहरू अघि बढाएका छन् । तलब भत्ता यथाशीघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमूलक कार्यक्रम अघि बढाउन लागेका हुन् । उनीहरूले आइतबार धनगढी उपमहानगरपालिकाभित्र जम्मा भएर धर्ना दिएका छन् । धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक धनगढी उपमहानगरपालिका प्रशासन शाखामा हाजिरी गरी नगरपालिकाको प्राङ्गणमा जम्मा भई कालो पट्टि बाँधी धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रूपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायतका दबाबमूलक कार्यक्रममा उल्लेख छ । उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत छ महिनादेखि तलब भत्ता नपाएको गुनासो गर्दै आएका छन् । विगत ६ महिना देखि सेवा सुविधा नपाउँदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाइ भइरहेको उनीहरूको भनाई छ । उपमहानगरका स्वास्थ्यकर्मीहरुले ९ गते नगरप्रमुखलाई समेत सोही विषयमा जानकारी गराउँदै ज्ञापन पत्र बुझाएका थिए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमए निर्वाचनः काठमाडौं उपत्यकामा आएपछि डा. बद्री रिजालले लिए अग्रता,… योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा… नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष, महासचिवमा टिम मंगलको अग्रता कायमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ७ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ TFN ट्रेण्डिङ नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा डा. विश्व ४ मतले अगाडि योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूरो सर्जरी गरेर बिरामी बचाए नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष, महासचिवमा टिम मंगलको अग्रता कायमै नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा ‘ब्रेक’ नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा डा. विश्व ४ मतले अगाडि योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूरो सर्जरी गरेर बिरामी बचाए नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष, महासचिवमा टिम मंगलको अग्रता कायमै नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा ‘ब्रेक’