गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ ६ महिनादेखिको तलब भत्ता पाउनुपर्ने भन्दै धनगढी उपमहानगरका स्वास्थ्यकर्मी धर्नामा ६ महिनादेखिको तलब भत्ता पाउनुपर्ने भन्दै धनगढी उपमहानगरका स्वास्थ्यकर्मी धर्नामा पदम राज भट्ट आइतवार, २०७९ चैत्र १२ गते, १३:०९ मा प्रकाशित धनगढी – धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमूलक कार्यक्रमहरू अघि बढाएका छन् । तलब भत्ता यथाशीघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमूलक कार्यक्रम अघि बढाउन लागेका हुन् । उनीहरूले आइतबार धनगढी उपमहानगरपालिकाभित्र जम्मा भएर धर्ना दिएका छन् । धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक धनगढी उपमहानगरपालिका प्रशासन शाखामा हाजिरी गरी नगरपालिकाको प्राङ्गणमा जम्मा भई कालो पट्टि बाँधी धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रूपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायतका दबाबमूलक कार्यक्रममा उल्लेख छ । उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत छ महिनादेखि तलब भत्ता नपाएको गुनासो गर्दै आएका छन् । विगत ६ महिना देखि सेवा सुविधा नपाउँदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाइ भइरहेको उनीहरूको भनाई छ । उपमहानगरका स्वास्थ्यकर्मीहरुले ९ गते नगरप्रमुखलाई समेत सोही विषयमा जानकारी गराउँदै ज्ञापन पत्र बुझाएका थिए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने स्वास्थ्यमन्त्रीसँग उपकुलपतिको सम्झौताः ‘स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली’को… स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार… विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा दुई नेपाली चिकित्सक पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ४ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत ७ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव TFN ट्रेण्डिङ एमएन हस्पिटलसँग श्वेत सदन र निम्बल बोर्डिङ स्कुलको उपचारमा छुट सम्बन्धि सम्झौता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्यमन्त्रीसँग उपकुलपतिको सम्झौताः ‘स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली’को प्रतिबद्धता नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, २१ कात्तिकसम्म आवेदन दिन सकिने मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डीले मनायो ‘विश्व स्ट्रोक दिवस’ स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार सक्रिय एमएन हस्पिटलसँग श्वेत सदन र निम्बल बोर्डिङ स्कुलको उपचारमा छुट सम्बन्धि सम्झौता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्यमन्त्रीसँग उपकुलपतिको सम्झौताः ‘स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली’को प्रतिबद्धता नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, २१ कात्तिकसम्म आवेदन दिन सकिने मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डीले मनायो ‘विश्व स्ट्रोक दिवस’ स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार सक्रिय