२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमाओवादी निकट राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको कर्णाली प्रदेश अध्यक्षमा रिजाल

माओवादी निकट राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको कर्णाली प्रदेश अध्यक्षमा रिजाल


सुर्खेत – माओवादी निकट राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको कर्णाली प्रदेश अध्यक्षमा ताराप्रसाद रिजाल चयन भएका छन् । शनिबार भएको संगठनको प्रथम अधिवेशनबाट रिजाल अध्यक्षमा चयन भएका हुन् ।

रिजालको अध्यक्षतामा ३३ सदस्यीय प्रदेश समिति गठन गरिएको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य अशोककुमार सिंहले बताए ।

उपाध्यक्षमा दुर्गाप्रसाद आचार्य, ऋषिराम केसी, जयबहादुर थापा, अमृतप्रसाद न्यौपाने रहेका छन् । यस्तै सचिवमा भरतबहादुर राना, सह सचिवमा रामलाल देवकोटा, कोषाध्यक्षमा लक्ष्मी सिंह र सह–कोषाध्यक्ष हरिनी नेपाली चयन भएका छन् ।

सदस्यमा रुतु सोनी, सुमन बस्नेत, थलराज डिसी, वीर बहादुर डाँगी, लक्ष्मणकुमार वली, ठगेन्द्र घर्ती, शेरबहादुर बस्नेत, अभिभारा शाही, हेमन्त रावल, निलम संज्याल, कर्णप्रसाद बराल, पंखराज संज्याल, विरेन्द्र शाही, रेनुका चलाउने, प्रयागराज जैसी, चन्द्र सुनार, तुलसी शाही, वेदप्रसाद संज्याल, सन्देश चन्द, लक्ष्मी रावल, जीवन पुन, हिरा पुन र निलम संज्याल चयन भएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ