२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाँच ठूला सरकारी स्वास्थ्य संस्थाले ६ करोड ५७ लाख ७१ हजार भाडा उठाउन बाँकी

पाँच ठूला सरकारी स्वास्थ्य संस्थाले ६ करोड ५७ लाख ७१ हजार भाडा उठाउन बाँकी


काठमाडौं—सरकारका पाँच वटा ठूला स्वास्थ्य संस्थाले ६ करोड ५७ लाख बढी भाडा वापतको रकम उठाउन बाँकी रहेको छ । महालेखा परीक्षकको हालै सार्वजनिक प्रतिवेदनअनुसार दुई प्रतिष्ठान र तीन ठूला अस्पतालले ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ भाडावापतको रकम उठाउन बाँकी रहेको छ ।

जसमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ करोड ६३ लाख ५ हजार रुपैयाँ भाडा वापतको रकम उठाउन बाँकी छ । यस्तै, पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भाडा वापतको २६ लाख ४३ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ ।

मुलुकको प्रमुख बाल अस्पतालका रुपमा कान्ति अस्पतालले ५१ लाख २७ हजार भाडा वापतको रकम उठाउन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

भरतपुर अस्पताल १ करोड ५ लाख ८९ हजार भाडा वापतको रकम उठाउन सकेको छैन । सबैभन्दा बढी मुलुककै जेठो अस्पताललेको रुपमा रहेको वीर अस्पतालले भाडा वापतको ३ करोड ११ लाख ७ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । महालेखाले भाडा सम्झौताअनुसारका रकम असुल गर्न सुझाव दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ