२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरेन्द्र सैनिक अस्पतालबाट एक वर्षमा झण्डै ५ लाख बिरामीले लिए सेवा

वीरेन्द्र सैनिक अस्पतालबाट एक वर्षमा झण्डै ५ लाख बिरामीले लिए सेवा


काठमाडौं—छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट एक वर्षमा झण्डै ५ लाख नेपालीले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालले गत वर्ष ४ लाख ९३ हजार ८१५ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको हो ।

महालेखाको ६० औं प्रतिवेदनकाअनुसार कोभिड—१९ डेडिकेटेड अस्पतालका रुपमा समेत रहेको वीरेन्द्र सैनिक अस्पतालले कोभिड—१९ का १ हजार ८९ जनालाई उपचार गरेको छ । अस्पतालले ४१ ह्जार १७९ जनाको पिसिआर परीक्षण, ४७ हजार ४२४ जनाको आरडिटी परीक्षण गरेको छ ।

वीरेन्द्र सैनिक अस्पताल १ हजार ४५ शैय्या क्षमतामा संचालन भइरहेको छ । सन् १९८२ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले प्रथम विश्वयुद्धमा वीरगति प्राप्त गरेका सैनिकहरुको सम्झनामा त्रिचन्द्र मिलिटरी अस्पतालको स्थापना गरेका थिए । सुरुवाती समयमा यो अस्पताल महांकालमा रहेको थियो ।

वि.सं. २०४६ सालमा अस्पताललाई बहालवाला सैनिक, भूतपूर्व सैनिक र तिनका परिवारलाई औषधि उपचार गर्न र सेवालाई आधुनिक एवं प्रभावकारी बनाउन छाउनीमा सारेर वीरेन्द्र सैनिक अस्पतालमा रुपान्तरण गरिएको थियो ।

अस्पतालले वि.सं. २०७२ सालको भूकम्पपछि उपचारको पनि प्रभावकारी भूमिका निभाएको थियो । अस्पताल नेपाली सेनाको स्वास्थ्य महानिर्देशनालयअन्तर्गत संचालनमा रहँदैं आएको छ ।

अस्पतालको प्रमुख नेतृत्व सैनिक स्वास्थ्य महानिर्देशकले गर्ने गर्छन् । अहिले वीरेन्द्र सैनिक अस्पतालले ओपीडी, अन्तरंग, बहिरंग, आकस्मिकसहित विभिन्न विशेषज्ञ सेवाहरु प्रवाह गरिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ