२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडाक्टर प्रेमीले विवाह गर्न नमानेको भन्दैं वीरकी नर्सिङ अधिकृत अनुमाले गरिन आत्महत्या

डाक्टर प्रेमीले विवाह गर्न नमानेको भन्दैं वीरकी नर्सिङ अधिकृत अनुमाले गरिन आत्महत्या


काठमाडौं—वीर अस्पतालमा कार्यरत एक जना नर्सिङ अधिकृतले प्रेमीले विवाह गर्न नमानेको भन्दैं आत्महत्या गरेकी छन् । बालाजु प्रहरीकाअनुसार विवाह प्रेमीले विवाह गर्न नमानेको भन्दैं वीर अस्पतालमा कार्यरत नर्सिङ अधिकृत अनुमा श्रेष्ठले शनिबार दिउँसो ३ः५५ बजे बालाजु बोहोराटास्थित प्रेमीकै कोठामा पुगेर आत्महत्या गरेकी हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालकाअनुसार उनले बालाजु बोहोराटारस्थित तीन तले घरको दोस्रो तलामा पंखामा सलले पासो लगाएको अवस्थामा फेला पारेको थियो । ‘हामीलाई अपरान्ह ४ बजे घटना खबर आएपछि प्रहरी पुग्दा उनले घरको दोस्रो तलाको डा. सुजन ढकाल कोठामा पंखामा पासो लगाएको अवस्थामा पाइएको हो,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

श्रेष्ठले सुसाइट नोट पनि प्रहरीले घटनास्थलबाट फेला पारेको छ । ‘उहाँ वीरको नर्सिङ अधिकृत हुनुहुँदोरहेछ । एमएन गरेको राम्रै पढे लेखेको मान्छे,’ प्रहरी स्रोतले हेल्थआवाजसँग भन्यो, ‘तर, प्रेम सम्बन्धमा विछोड भएपछि आत्महत्या दुःखद् निर्णय लिनुभएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’ भरतपुर—१ चितवन स्थायी घर भएकी अनुमा काठमाडौंको सोह्रखुट्टेमा बस्दैं आएकी थिइन् ।

अनुमा वीर अस्पतालमा कार्यरत आठौं तहकी स्थायी नर्सिङ अधिकृत हुन् । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले पनि घटनाको पुष्टि गरे । ‘शनिबार दुखद् घटना घट्न पुग्यो,’ डा. पौडेलले भने, ‘हामी प्रहरीसँग मिलेर कानुनी प्रक्रियाहरु पूरा गर्दैछौं ।’

अनुमासँग प्रेममा रहेका डा. सुजन ढकाल भने यसअघि कान्ति बाल अस्पतालमा कार्यरत रहेको प्रहरीले जनाएको छ । ‘उहाँहरुबीच लामो समय प्रेम सम्बन्ध रहेको थियो । पछिल्लो समय विवाहको कुरालाई लिएर विवाद भएको देखिन्छ,’ प्रहरी भन्छ ।

डा. सुजन र उनका बुवा अनुमासँग विवाह विषयमा तयार नभएको अनुमाको पारिवारिक स्रोतको दावी छ । अनुमाले आत्महत्या गरेपछि सुजनको परिवारले प्रहरीलाई जानकारी दिएको थियो । त्यसपछि अनुमाको परिवार चितवनबाट काठमाडौं आएपछि मात्रै प्रहरीले मुचुल्का उठाएर शव उठाएको थियो ।

पारिवारिक स्रोतकाअनुसार लामो समय प्रेम गरेपछि डा. सुजन अनुमासँग विवाह गर्न तयार थिएनन् । त्यही पीडामा अनुमाले यसअघि पनि सुसाइड गर्ने प्रयास गरेकी थिइन् । पछिल्लो केही समयदेखि उनी मानसिक रुपमा पनि समस्या झेल्दै आइरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ