२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबंगलादेशमा एमबीबीएस टप गरेका डा. अनिल, भन्छन्, ‘नेपालका लागि गर्वको क्षण हो’

बंगलादेशमा एमबीबीएस टप गरेका डा. अनिल, भन्छन्, ‘नेपालका लागि गर्वको क्षण हो’


काठमाडौं—नेपाली विद्यार्थीका लागि चिकित्सा शिक्षाको मुख्य गन्तव्य रहेको बंगलादेशमा एक जना नेपाली विद्यार्थीले एमबीबीएस टप गरेका छन् । अधिकांश विद्यार्थीको रोजाइमा पर्ने युनिभर्सिटी अफ साइन्ड एण्ड टेक्नोलोजी चिटागोंगका ३ हजार ४० जना एमबीबीएस ग्राजुयटमध्ये नेपाली विद्यार्थी डा. अनिल शाहले सर्वोत्कृष्ट भएका हुन् ।

३ मेमा बंगलादेशको ढाकास्थित बंगबन्धु इन्टरनेशनल कन्फरेन्स सेन्टरमा भएको विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहमा डा. शाहलाई सर्वोत्कृष्ट विद्यार्थीको एवार्ड प्रदान गरिएको थियो । बंगलादेशका राष्ट्रपति मोहम्मद सहवुद्धीनले उनलाई ‘द प्रेसिडेन्ट (चान्लसर) तथा एक्सीलेन्सी स्वर्णपदकबाट सम्मानित गरेका थिए ।

डा. शाहले विश्वविद्यालयबाट सन् २०१४ मा एमबीबीएस उत्तीर्ण गरेका थिए । हाल उनी नेपालमा कन्सल्ट्यान्ट युरोलोजिस्टका रुपमा कार्यरत छन् । ‘यो क्षण नेपाल र नेपालीका लागि गर्वको क्षण हो,’ सर्वोत्कृष्ट एवार्ड पाएपछि उनले भने, ‘यसले देश विदेशमा अध्ययन गरिराख्नुभएका नेपाली विद्यार्थीहरुलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।’

समारोहमा विश्वविद्यालयले आफ्नो २०११ देखि २०२२ सालसम्मका विभिन्न विषयका ८ हजार ९७५ स्नातक छात्रछात्रालाई दीक्षित गरेको थियो । जसमध्ये ३ हजार ४० जना एमबीबीएस स्नातकहरु रहेका थिए ।

दीक्षान्त समारोहमा विधिन्न मुलुकका प्रतिनिधिहरु, बंगलादेशका शिक्षामन्त्री बर्रिस्तर मोहिबुल हसन चौधरी, बंगलादेश सरकारका सम्बन्धित विभागका प्रमुख तथा विभिन्न विश्व विद्यालयका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ