२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकीकृत स्वास्थ्य प्रतिष्ठान ऐन ल्याइने

एकीकृत स्वास्थ्य प्रतिष्ठान ऐन ल्याइने


काठमाडौं–सरकारले चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्ठानहरुलाई एकीकृत छाता ऐनअन्तर्गत सञ्चालन गर्ने भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८०/०८१ का नीति तथा कार्यक्रममा संसदको चालु अधिवेसनमा नै ऐनको मस्यौदा पेश गर्ने तयारी रहेको उल्लेख छ ।

‘एकीकृत छाता ऐन बनाउन सो सम्बन्धी विधेयक संसदको चालु अधिवेशनमा नै संसदमा पेश गरिने छ,’ उनले भने, ‘यसका साथै एकीकृत प्रतिष्ठानअन्तर्गत सबै प्रदेशमा मेडिकल कलेज स्थापना गरिने समेत गरिन्छ।’

यस्तै, व्यक्तिको शारीरिक, मानसिक र वौद्धिक विकासमा सहयोग पु¥याउन योग र ध्यानलाई विद्यालय र उच्च शिक्षाको पाठ्यक्रममा समेटेर पठन पाठनको व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा छ ।

सबै संघीय अस्पताल र निजामती अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने नीति सरकारले लिएको छ।

सरकारले स्थानीय तहमा संञ्चालन भएका आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च शक्षा अध्ययनका लागि अवसर दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ