२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी अस्पतालमा १० प्रतिशत शैय्या निःशुल्क गराएरै छाड्छुः स्वास्थ्यमन्त्री

निजी अस्पतालमा १० प्रतिशत शैय्या निःशुल्क गराएरै छाड्छुः स्वास्थ्यमन्त्री


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पतालहरुले गरिब तथा असहायका लागि निजी अस्पतालमा १० प्रतिशत शैय्या निःशुल्क गराएरै छोड्ने प्रतिवद्धता दोहोर्‍याएका छन् । शुक्रबार मन्त्रालयले तयार गरेको जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ सार्वजनिक गर्दै उनले १० प्रतिशत शैय्यासँगै त्यसमा भर्ना भएका बिरामीको पनि निःशुल्क उपचार गर्नुपर्ने बताए ।

‘१० प्रतिशत बेड निःशुल्क हुने क्रममा छ । अस्पतालले लागु गर्न सुरु गरेका छन्,’ उनले भने, ‘लागु नगरे कानुनअनुसार कार्वाही हुन्छ ।’

प्रतिवेदन सार्वजनिक समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले स्वास्थ्यका धेरै सुचांक राम्रो भएको र केही चुनौतीपूर्ण रहेका काराण त्यसमा कम्मर कसेर लाग्नुपर्ने बताए । उनले स्वास्थ्य जनशक्ति कम रहेको तर नियमित मेहनत गरेर लक्ष्यमा पुग्नुपर्ने बताए ।

मन्त्री बस्नेतले आफू सूर्तिजन्य पदार्थमा कर बढाउन लागिपरेको पुनः दोहोर्‍याएका थिए । ‘यो बढ्न नदिएको सुर्य टोबाकोले हो । यसो भन्न मलाई गाह्रो छैन,’ उनले भने, ‘यो विष हो विष पनि खुवाउने कर पनि बढी नतिर्ने भन्ने हुँदैन् । बढ्न नदिने मात्र होइन, नबढाउने पनि अपराधी हुन् ।’

सरकारले आधारभूत अस्पताल बनाएर संचालन खर्च नदिँदा ती भूतबंगाला हुने र जनताले स्वास्थ्य सेवा नपाउने अवस्था आउने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ