गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सर्पको टोकाइबाट सुत्केरी महिलाको मृत्यु सर्पको टोकाइबाट सुत्केरी महिलाको मृत्यु हेल्थ आवाज बुधवार, २०८० भदौ २० गते, १६:१६ मा प्रकाशित सांकेतिक तस्वीर : एजेन्सी सुर्खेत- रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरी महिलाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका– १३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्टको भएको हो । २२ वर्षीया विष्टलाई मगंलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रममा सर्पले टोकेको थियो । सोही दिन राती विष्टले छोरीलाई जन्म दिएकी थिइन् । सुत्केरी भएकी विष्टको रक्तस्राव नरोकिएपछि उपचारको लागि चौरजहारी अस्पताल लगिएको थियो । सर्पको विष शरीरमा फैलिएको र रक्तस्रावका कारण आज विहान मुत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए । ‘शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको छ,’ उनले भने, ‘शिशु जन्मने अवधि कात्तिक महिना भएपनि समय नपुग्दै शिशुको जन्म हिजो नै भएको थियो ।’ क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार… विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा दुई नेपाली चिकित्सक पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स TFN ट्रेण्डिङ