२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्त्रीरोग विशेषज्ञ डा. सुवि बस्न्यातलाई गंगादेवी शान्ति पुरस्कार

स्त्रीरोग विशेषज्ञ डा. सुवि बस्न्यातलाई गंगादेवी शान्ति पुरस्कार


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. सुवि बस्न्यातलाई मितेरी गंगादेवी शान्ति पुरस्कार प्रदान गरिएको छ । उनीसहित कालिकोटका हिक्मतबहादुर मल्ल र बझाङकी गंगुदेवी खडायतलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

बिहीबार विश्व शान्ति दिवसको अवसरमा एक औपचारिक कार्यक्रममार्फत उनीहरुलाई प्रमाण पत्र, दोसल्लासहित जनही नगद ६ हजार ६९३ रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो ।

कर्णाली जस्तो पिछडिएको क्षेत्रमा वि.सं. ०७३ सालदेखि डा. बस्न्यात स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आएकी छन् । कर्णालीका स्त्री तथा प्रसुति समस्या भएका बिरामीहरुलाई उनले लामो समयदेखि उपचार गर्दै आएकी छन् ।

यस्तै, कालिकोटका मल्ल वि.सं. २०७५ सालदेखि जिल्लामा भइरहने सामाजिक गतिविधिमा संलग्न हुँदै आएका छन् । उनले कोभिड—१९ महामारीका बेला १ हजारदेखि १२ सय जनाजति कोभिड—१९ संक्रमितका लागि ‘आपसमा युवा अभियान’ सञ्चालन गरेका थिए । यस्तै, उनले जातीय छुवाछुत निर्मूल पार्नका लागि सडक नाटकदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

बझाङकी खडायतले जिल्लामा पहिलो पटक हलो जोतेकी थिइन् । उनी महिलाको हकहितको लागि आवाज उठाउने, समाजमा शान्ति स्थापना, महिला हिंसाविरुद्धको अभियानमा सक्रिय छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ