२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारझलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौंको भ्रष्टाचार, सात जना विरुद्ध मुद्दा दायर

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौंको भ्रष्टाचार, सात जना विरुद्ध मुद्दा दायर


काठमाडौं– झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सर्प पालन गर्ने नाममा भ्रष्टाचार भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धी मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमारसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै सात जना विरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुदा दायर गरेको जनाएको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्का, मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ, तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र राय रहेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा एन्टी–भेनम प्रोडक्सन् एण्ड रिसर्च सेन्टर, नेपाल (एपीआरसीएन) स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा सर्पको विष सङ्कलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माण गर्ने क्रममा उनीहरूसँग आयोगले १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ असुलउपर गर्न माग गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ