गृहपृष्ठ ∕ समाचार ∕ चितवनका अस्पतालहरूमा रगत अभाव, रेडक्रसले गुहार्यो रक्तदाता चितवनका अस्पतालहरूमा रगत अभाव, रेडक्रसले गुहार्यो रक्तदाता हेल्थ आवाज मंगलवार, २०८० कात्तिक १४ गते, ११:०१ मा प्रकाशित काठमाडौं– पछिल्ला केही दिनयता चितवनका अस्पतालहरूमा रगत अभाव भएको पाइएको छ । चाडपर्वका कारण जिल्लामा रक्तदान कार्यक्रमहरूको आयोजना हुन नसक्दा अस्पतालहरूमा रगतको अभाव भएको पाइएको छ । जिल्लाका प्रमुख अस्पतालहरू भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल लगायत निजी/प्राइभेट सामुदायिक अस्पतालमा पछिल्लो समय उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेसँगै रगत अभाव भएको हो । जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदानका लागि आग्रह गरेको छ । हाल जिल्लामा रगतको अत्याधिक माग रहेको भन्दै रेडक्रस सोसाइटीले प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर लगायत मातहतका रक्तसञ्चार युनिटहरू (क्यान्सर अस्पताल युनिट, चितवन मेडिकल कलेज युनिट, बघौडा अस्पताल आकस्मिक रक्तसञ्चार इकाई )मा पुगी रक्तदान गरिदिन रक्तदाता तथा रक्तदान गर्ने सङ्घ संस्थाहरूसँग आग्रह गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार… विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा दुई नेपाली चिकित्सक पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट धेरै पढिएका १ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ