२०८३ असोज १४, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ अनमीमाथि जातीय विभेदको आरोपमा मुगुका स्वास्थ्य चौकी इन्चार्ज पक्राउ

अनमीमाथि जातीय विभेदको आरोपमा मुगुका स्वास्थ्य चौकी इन्चार्ज पक्राउ


जुम्ला—मुगुको सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीलाई प्रहरीले प्रक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय मुगुले सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी तुसा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा पक्राउ गरेको हो ।

यसअघि अनमी तुलसामाथि जातीय विभेद गर्ने सुरजकी आमा झापु शाही र अर्का धनप्रसाद भट्टलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतमा ७ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।

‘जातीय विभेदको आरोपमा ३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको र तीनै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेकोे छ,’ उनले भने ।

दाङ तुल्सीपुर घर भई सोरु गाउँपालिका खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी विश्वकर्मा स्वास्थ्य इन्चार्ज सुरजको घरमा डेरा गरी बस्दै आएकी थिइन् ।

गत बैशाखमा सुरजकी आमा झापुले अनमी तुलसालाई दलित भनेर थाहा पाएपछि जातीय भेद्भाव गरेको र डेरा सार्न दबाब दिएको आरोप उनीमाथि लागेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ