२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं

जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं

४६ वटा प्रस्तुतीकरण रहने सम्मेलनमा २०० बढी मानसिक रोग विशेषज्ञ भेला हुने


जुम्ला—‘सबैको मानसिक स्वास्थ्यका लाथि नवप्रर्वतन तथा सहकार्य’ नारासहित कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा पहिलो पटक सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र अमेरिकास्थित म्यासाच्युसेट्स जनरल हस्पिटलको साइक्याट्रिक विभागको मुख्य आयोजनामा आगामी २२ र २३ बैशाखमा सम्मेलन हुने भएको हो ।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार यस्तो खालको सम्मेलन नेपालमै पहिलो हो । यसमा समुदायमा आधारित मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको सहभागिता रहनेछ । सम्मेलनपछि जुम्ला घोषणा पत्र जारी गरिनेछ । सम्मेलनमा ४६ वटा प्रस्तुतीकरण रहने छन् ।

हावर्ड मेडिकल कलेजका सह–प्राध्यापक समेत रहेका म्यासाच्युसेट जनरल हस्पिटल साइक्याट्रिक विभागका डा. श्रीधर पौडेलले सम्मेलनको संयोजन गर्दैछन् । दाङका डा. पौडेल विगत १६ वर्षदेखि हावर्ड मेडिकल स्कुलको साइक्याट्रिक विभागमा कार्यरत छन् ।

उपकुलपति डा. रावलले कर्णालीको अवस्था, दुर्गम क्षेत्रमा देखिएको मानसिक स्वास्थ्य समस्यालाई प्रत्यक्ष बुझ्न र अध्ययन गर्न पनि जुम्लामा हुने सम्मेलनमा जान देश तथा विदेशका साइक्याट्रिक्सको चासो रहेको बताए । उनले सम्मेलनका लागि हरेक व्यक्ति आफ्नै खर्चमा जुम्ला जान लागेको समेत जानकारी दिए ।

दुई दिने सम्मेलनमा दुई सय बढी साइक्याट्रिक तथा त्यस विषयका विद्यार्थी तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता हुने आयोजकले बताएको छ । सम्मेलनका लागि नेपालको समुदायमा आधारित मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले समेत सहकार्य गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ