२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकीको सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा थापा

गण्डकीको सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा थापा


पोखरा—गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा विन्दुकुमार थापा नियुक्त भएका छन् । बुधबार गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिमण्डल विस्तार गर्दै थापालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मुख्यमन्त्री पाण्डेसँगै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री थापा र आर्थिक मामिला मन्त्रीमा टकराज गुरुङलाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।

स्वास्थ्यमन्त्री थापा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका उपनेता हुन् । उनी गण्डकीका पूर्व कानुनमन्त्री थिए । उनी कास्की–२ (ख)बाट निर्वाचित सांसद हुन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ