२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा अध्ययनरत ८ सय विद्यार्थीद्वारा परीक्षा बहिष्कार

चिकित्सा शिक्षा अध्ययनरत ८ सय विद्यार्थीद्वारा परीक्षा बहिष्कार


काठमाडौं—त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त चार वटा मेडिकल कलेजमा अध्ययनरत करिब ८ सय विद्यार्थीले एमबीबीएस पहिलो र दोस्रो वर्षको परिक्षा बहिस्कार गरेका छन् । बिहिबारबाट सुरु भएको एमबीबीएसको परीक्षा चार मेडिकल कलेजका विद्यार्थीले बहिस्कार गरेका हुन् ।

जानकी मेडिकल कलेज, नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज र चितवन मेडिकल कलेजका विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेको संघर्ष समितिका संयोजक डा. मिलन गैरेले बताए । ती मेडिकल कलेजको सिट प्रति कलेज एक सय हो । सरकारले तोकेको भन्दै बढी लिएको शुल्क फिर्ताको माग गर्दै विद्यार्थी आन्दोलनमा छन् ।

गण्डकी मेडिकल कलेजबाट सुरु भएको आन्दोलन चितवन, नेशनल हुँदै युनिभर्सल मेडिकल कलेजसम्म पुगेको छ । कलेजले प्रति विद्यार्थी ३ लाखसम्म बढी रकम लिएका छन् । सरकारले तोकेको भन्दा भिन्न होस्टल, मेस, रजिस्ट्रेसन शुल्क लिन पाइन्छ । तर, अन्य शुल्कको नाममा छुट्टै शीर्षक दिएर तीन लाख रुपैयाँसम्म लिएका छन्, त्यो भने लिन पाइदैन् । बुधबार भएको बीडिएस र नर्सिङको परीक्षासमेत विद्यार्थीले बहिष्कार गरेका छन् ।

चितवन मेडिकल कलेजका विद्यार्थीले भने बुधबार सांकेतिक रुपमा प्रवेशपत्र जलाएका थिए । भैरहवास्थित युनिभर्सलका विद्यार्थीले परीक्षा बहिष्कार गर्दै कलेज परिसरलाई मानवसाङ्लो बनाई घेराबन्दी गरेका थिए । शुल्क फिर्ता र समायोजनका विषयमा मंसिर १० गते सरकार र मेडिकल कलेज सञ्चालकबीच २ बुँदे सहमति भएको थियो । उक्त सहमतीलाई विद्यार्थीहरुले कलेज सञ्चालकको हितमा भएको भन्दै अस्वीकार गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ