गृहपृष्ठ ∕ समाचार ∕ कञ्चनपुरमा स्वास्थ्य चौकीको लापरवाहीले शिशुको मृत्यु भएको आरोप कञ्चनपुरमा स्वास्थ्य चौकीको लापरवाहीले शिशुको मृत्यु भएको आरोप पदमराज भट्ट शुक्रवार, २०७६ मंसिर २० गते, १३:०८ मा प्रकाशित कञ्चनपुरमा स्वास्थ्य चौकीको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप लागेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीका कारण स्थानीय ममता विष्टको नवजात शिशुको मृत्यु भएको आरोप लागेको हो। ममताका ससुरा करण विष्टले भने ‘१८ गते राती एक वजे बुहारीलाई सुत्केरी वेथा लागेको थियो तर हामीले विहान ६ बजे मात्रै स्वास्थ्य चौकी पुगाएका हौँ।’ ‘उक्त दिनभरी ममतालाई स्वस्थ्य चौकीमै राखिएको थियो ।’ करनले भने ‘दोस्रो दिन स्वास्थ्य चौकीले नै वेथा नलागेको भन्दै घर पठाएको हो।’ तर ममताको स्वास्थ्यमा समस्या हुन लागेपछि उनलाई सेती प्रादेशिक अस्पताल धनगढी ल्याईएको थियो । तर कृष्णपुर स्वास्थ्य चौकीका प्रमुख बंशीराज भट्टले स्वास्थ्य चौकीको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप गलत भएको बताए। उनले सुत्केरीका लागि पुगेकी विष्टलाई स्वास्थ्य चौकीमा सम्भव नभएपछि धनगढी रेफर गरिएको बताए । रेफर गर्दा शिशुको अवस्था समान्य नै रहेको दावी गरिएको छ । प्रसुती गराउन ढिलाई भएपछि शिशुले दिशा खाएर मृत्यु भएको अस्पतालले पुष्टि गरेको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार… विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा दुई नेपाली चिकित्सक पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट धेरै पढिएका १ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ