२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडडेल्धुरा अस्पताल : नाम मात्रै फेरियो, सेवा खस्कियो

डडेल्धुरा अस्पताल : नाम मात्रै फेरियो, सेवा खस्कियो


कैलाली—सुदूरपश्चिमका पहाडी ७ जिल्लाका नागरिकलाई स्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले डडेल्धुरा जिल्लामा रहेको तत्कालीन टिम अस्पताललाई २०७० सालमा उपक्षेत्रीय अस्पताल घोषणा गरियो । नाम लेखियो—उपक्षेत्रीय अस्पताल डडेल्धुरा । त्यो सँगै मानव विकास तथा सामुदायिक सेवाबाट सञ्चालन हुँदै आएको टिम अस्पताल बन्द भयो । विदेशी विशेषज्ञ चिकित्सकहरु आफ्नो देश फिर्ता भए ।

टिम अस्पताल डडेल्धुरा २०२२ सालमा स्थापना भएको थियो । उपक्षेत्रीय अस्पतालबाट स्वदेशी डाक्टरबाटै विशेषज्ञ सेवा पाउने आशामा रहेका सुदूरपश्चिमको पहाडी जिल्लाका वासिन्दाले ५ वर्षसम्म त्यो सेवा पाउन सकेनन् । स्वास्थ्य सेवाका लागि परनिर्भर हुनुपर्ने बाध्यता बढ्दै गएको छ ।

‘उपक्षेत्रीय अस्पताल घोषणा भएपछि यहाँका वासिन्दामा गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा पलाएको थियो,’ डडेल्धुरा नागरिक समाजका संयोजक रमेश जोशीले भने, ‘तर त्यो सेवा भने कहिल्यै पाउन सकिएन, सेवा सुधार हुनुको सट्टा झन—झन खस्किदैं गएको छ ।’

उनका अनुसार कागजमा सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो डडेल्धुरा अस्पतालको सेवा सुधार नहँुदा पहाडी जिल्लाबाट स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता बढ्दैं गएको छ । पछिल्लो पटक विशिष्ट सेवासहितको अस्पतालमा स्तरवृद्धि भएपनि कागजमै सिमित भएको उनले बताए ।

उपक्षेत्रीय अस्पताल स्थापना भएपछि ३७ जना चिकित्सकको दरबन्दी स्वीकृत भएको थियो । तर, कहिल्यै आवश्यकताअनुसारका चिकित्सक अस्पतालले पाउन नसक्दा अस्पतालको स्तरोन्नती नाममै सिमित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताए ।

‘२०७५ साल फागुन ३ गतेको मन्त्रिपरिषद्को बैठकले डडेल्धुरास्थित उपक्षेत्रीय अस्ताललाई विशेषज्ञसहितको सुविधा प्रदान गर्नेगरी स्तरोन्नती गर्ने निर्णय गरेको थियो र उक्त निर्णय भएपछि नाम परिवर्तन गर्न निर्देशन भयो । सोही निर्देशन अनुसार नाम फेरेका छौं । सेवा भने उपक्षेत्रीयको भन्दा पनि खस्किएको छ,’ डा. कँडेलले भने ।

उनले अस्पतालको शल्यक्रिया सेवा सबैभन्दा बढी प्रभावित भएको बताए । अस्पतालको स्तरोन्नती भएपछि सेवा सुधार हुनुको सट्टा झन—झन सेवा खस्किदैं गएको छ । अहिले पहाडबाट प्रसुती सेवाका लागि पनि धनगढी पुग्नुपर्ने बाध्यता बनेको छ ।

डडेल्धुरा अस्पतालका लागि पठाइएका मेसु नपुग्दै अवकाशपत्र पुग्यो

डडेल्धुरा अस्पतालमा विगत लामो समयदेखि एघारौं तहका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पठाइएको छैन् । नेपाल सरकारले पछिल्लो समय समायोजन प्रक्रियाको थालनी गरे पश्चात भने अस्पतालमा प्रमुख मेसु आउने झिनो आशा थियो । तर, त्यो आशा निराशामा बढलिएको छ, डडेल्धुरा अस्पतालमा पठाइएका प्रमुख मेसु नपुग्दै उनको अवकाश पत्र पुगेको अस्पताल स्रोतले बताएको छ ।

स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत रहेका एघारौ तहका प्रमुख मेसु डा. कृष्णप्रसाद खनाललाई डडेल्धुरा अस्पतालमा समायोजन गरेको थियो । तर, डा. खनाल अस्पतालमा हाजिर हुन नपाउँदैं मन्त्रीस्तरको अर्को निर्णयअनुसार अनिवार्य अवकाशको पत्र डडेल्धुरा अस्पताललाई थमाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ