गृहपृष्ठ ∕ समाचार ∕ नेकपा निकट नर्सहरुको घोषणा पत्रः सुत्केरी नर्सलाई २ वर्षसम्म नाइट ड्युटी नलगाउन पहल गर्ने नेकपा निकट नर्सहरुको घोषणा पत्रः सुत्केरी नर्सलाई २ वर्षसम्म नाइट ड्युटी नलगाउन पहल गर्ने हेल्थ आवाज बुधबार, २०७६ मंसीर २५ गते, १८:११ मा प्रकाशित काठमाडौं–नर्सिङ संघको निर्वाचन नजिकिदैं गर्दा नेकपा निकट नर्स हरुको प्यानलले १९ बुदे घोषणा पत्र सार्वजनिक गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्रमा सुत्केरी भएको दुई वर्ष र ५० वर्ष माथिका नर्सहरुलाई रात्रीकालीन ड्युटी नराख्ने विषयमा नीतिगत निर्णय गराउन पहल गर्नेदेखि लिएर सबै स्थानमा काम गर्नेको सेवा सुविधा एउटै बनाउनेसम्मका घोषणा रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दैं अध्यक्षकी दावेदार प्रध्यापक मन कुमारी राईले विगतको इतिहासलाई जोगाउँदै सबै नर्सहरुको हितमा लाग्ने बताइन् । नर्सिङ संघकी वर्तमान उपाध्यक्ष अप्सरा पाण्डेले यो कार्यकालमा सरकारले नर्सहरुका लागि धेरै नीतिगत काम गरेको र आफूहरुले त्यसको नेतृत्व गरेको दावी गरिन् । यस्ता छन् घोषणा वर्तमान संघीय संरचना अनुरुप नर्सिङ सेवालाई सेवाग्रही मैत्री बनाउँदै लगी यसको कार्य दायरालाई फराकिलो बनाउँदै सातवटै प्रदेशमा नर्सिङ संघ र ७७ वटै जिल्लामा नर्सिङ समितिलगायत स्थानीय तहमा एकाई समिति गठन गरी व्यापक रुपमा ‘नागरिकको नैसर्गिक अधिकार’स्तरीय सुरक्षित स्वासथ्य सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित बनाउन पहल गर्ने । नर्सिङ शिक्षा, सेवा अभ्यास र यसलार्य अझ मजबुत बनाउन नर्सिङ अनुसन्धान, प्रशासन तथा व्यवस्थापनलार्य एक अर्काको परिपूरकका रुपमा निजी, गैर सरकारी तथा सरकारी संघ संस्थामा लागु गराउन पहल गर्ने । नर्सिङ शिक्षा स्तरीय सर्वसुलभ तथा वैज्ञानिक बनाउन र विश्व जगतको मागअनुसार शिक्षक विद्यार्थीको अनुपात र शैक्षिक भौतिक आधारहरुको व्यवस्था गराउन पहल गर्ने । सरकारी, गैर सरकारी तथा निजी संघ स.स्थाहरुमा कार्यरत नर्सहरुको सेवा सुविधामा एकरुपता ल्याउन पहल गर्ने । यस शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र मर्यादित बनाउन नेपाल सरकार, नर्सिङ परिषद्, विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय नर्सिङ परिषद्जस्ता सम्बन्धित निकायहरुसँग समन्वयन गरी स्तरीय मापदण्डअनुसार, पारदर्शी रुपमा सुक्ष्म रुपले अनुगमन तथा मुल्यांकन गराउन पहल गर्ने । अवकाश प्राप्त नर्सहरुको क्षमता र अनुभवको कदर गर्दै सिर्जनात्मक कार्यमा सहभागी गराउन पहल गर्ने । नर्स र अन्य स्वास्थ्य सेवा प्रदायकहरुबीच हुने विभेदपूर्ण ब्यवहार सदाको निम्ति अन्त्य गराउन पहल गर्ने । नर्सहरुको कार्य दायरा अझै फराकिलो पार्न पहल गर्ने । नर्सिङ संघको दर्ता शुल्क साधारण सभामार्फत राज्यको ढाँचा र कार्यभार अनुसार पूरा परिमार्जित गर्ने । वर्तमान समयमा भइरहेको गैर—सरकारी, निजी तथा सरकारी संघ संस्थामा आर्थिक, मानसिक, सामाजिक र शारीरिक शोषण अन्त्य गर्न विशेष किसिमको कार्य प्रणाली विकास गरी व्यवस्थाको लागि पहल गर्ने । एकै पदमा लामो समयसम्म र कार्य गरिरहनुपर्ने विभेदपूर्ण नीतिको अन्त्य गर्न, समायोजन र पदस्थापनामा देखा परेका त्रुटीलाई समोधन गर्न पहल गर्ने । अनमीहरुलाई विशेष कार्यक्रम अन्र्तगत स्टाफ नर्समा अध्ययन गराउन छात्रवृत्तिको ब्यवस्था गर्न र स्टाफ नर्स योग्य अनमीहरुलाई पदस्थापना गराउन पहल गर्ने । जनताको मौलिक अधिकार र स्तरीय स्वासथ्य सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नको लागि स्टाफ नर्सदेखि वरिष्ठ नर्सिङ प्रशासकसम्म राज्यभरी लोकसेवा खुलाउन पहल गर्ने । सुत्केरी भएको २ वर्षसम्म ५० वर्ष नाघेका नर्सहरुबाट नाइट ड्युटीको प्रेसर हटाउनको निम्ति पहल गर्ने । शैक्षिक योग्यता र वरिष्ठताको आधारमा नेपालभरिका स्वासथ्य संस्थाहरुमा प्रमुख हुने प्रावधानको नीतिगत पहल गर्ने । नेपाल नर्सिङ संघको विधान समय सापेक्षित संसोधन गर्ने । चिकित्सा शिक्षा आयोगमा रहने ४ वटा कार्यकारी निर्देशकको पदमा चिकित्सकहरुबाट मात्र प्रतिनिधित्व गर्ने गरिएकोमा नर्सिङ सेवाबाट पनि अनिवार्य प्रतिनिधित्व हुने गरी पहल गर्ने । हाल रहेको नर्सिङ संघको केन्द्रिय कार्यालय भवनलाई ब्यवसायिक भवनका रुपमा निर्माण गर्ने । अध्ययन गरिएका विषयगत विशेषज्ञताको आधारमा काम गर्ने वातावरण मिलाउन पहल गर्ने । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका… नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य… धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ५ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ६ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन चन्दननाथका एम्बुलेन्स र शव बहान पुनःसुचारु नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन कार्डियोभास्कुलर सर्जन डा. संजीत, जो भक्तपुरमै मुटुका ठूला शल्यक्रिया गर्न चाहन्छन् युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन चन्दननाथका एम्बुलेन्स र शव बहान पुनःसुचारु नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन कार्डियोभास्कुलर सर्जन डा. संजीत, जो भक्तपुरमै मुटुका ठूला शल्यक्रिया गर्न चाहन्छन्