२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमबीबीएस भर्ना : विपीको काउन्सिलिङ सुरु, आईओएम र केयूमा केही समय लाग्ने

एमबीबीएस भर्ना : विपीको काउन्सिलिङ सुरु, आईओएम र केयूमा केही समय लाग्ने


काठमाडौं—एमबीबीएस अध्ययनका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले काउन्सिलिङ सुरु गरेको छ । एमबीबीएस प्रवेश परीक्षा भएको तीन महिनापछि प्रतिष्ठानले काउन्सिलिङ सुरु गरेको हो ।

मेडिकल कलेजहरुले भर्ना नलिने भन्दै सूचना जारी गरेपछि एमबीबीएस भर्ना अन्योलपूर्ण बनेको थियो । कलेजहरुकै कारणले गर्दा विश्वविद्यालयले काउन्सिलिङ समेत गर्न सकेका थिएनन् ।

सरकार र मेडिकल कलेजहरुबीच यसअघि बढी लिएको शुल्क समायोजन गर्नेलगायतका सहमति भएपछि भर्ना प्रक्रिया अघि बढेको हो । विज्ञ समिति बनाएर अध्ययन गरी शुल्कका विषयमा पुर्नविचार गर्न सरकार सहमत भएपछि कलेजहरु विद्यार्थी भर्ना लिन तयार भएका थिए ।

यता आईओएमले गर्ने काउन्सिलिङ सुरु हुन भने अझै केही समय लाग्ने देखिएको छ । ‘छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरुको सूची तयार नभएका कारण केही समय काउन्सिलिङ नहुन सक्छ,’ आईओएमका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले भने । उनले प्रवेश परीक्षा पास गरेका विद्यार्थीबाट छात्रवृत्ति पाउनेहरुको सूची निकालेपछि मात्रै काउन्सिलिङ सुरु हुने बताए ।

यस्तै, काठमाडौं विश्वविद्यालयको काउन्सिलिङको पनि टुंगो लागेको छैन् । त्यहाँ पनि छात्रवृत्ति पाउनेहरुको सूची तयार भएपछि मात्रै काउन्सिलङको प्रक्रिया अगाडि बढ्नेछ ।

काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयमार्फत प्रवेश परीक्षा दिने विद्यार्थीहरुको संख्या करिब १५ हजार हाराहारीमा छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ