२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुरुयोजनाका लागि ६ अर्ब बजेट पारित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुरुयोजनाका लागि ६ अर्ब बजेट पारित


काठमाडौ–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि तयार गरिएको गुरुयोजना र त्यसमा लाग्ने बजेट पारित भएको छ ।
सोमबार बसेको प्रतिष्ठानको सिनेट बैठकले सो गुरुयोजनाको बजेट सहित विस्तृत योजना प्रतिवेदनसहित पारीत गरेको हो ।

पाँचौ सिनेटमा विस्तृत योजना बनाउने र छैटौ सिनेटले बनेको विस्तृत योजना प्रतिवेदन पारित गरेको थियो ।  सिनेटले गुरु योजना अगाडि बढाउनेलगायत १२ वटा प्रस्ताव पास गरेको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले जानकारी दिए ।

सिनेटले ५ वर्षमा सम्पन्न हुने सो गुरु योजनाका लागि ६ अर्ब बराबरको बजेट पास गरेको छ । १ हजार २ सय रोपनीमा निर्माण हुने गुरु योजनामा छुट्टै एमबीबीएस भवन, चिकित्सक आवास, कर्मचारी आवास, खेल मैदानलगायतका संरचना रहनेछन् । गुरु योजना पूरा भएपछि कर्णाली क्षेत्र स्वास्थ्य सेवाको लागि देशकै नमुना बन्ने काफ्लेले बताए ।

कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानको यसै वर्षदेखि एमबीबीएस, एमी र एमएस संचालन गर्ने समेत निर्णय गरेको छ । त्यसैगरीे खाली रहेको प्रतिष्ठान छनौट समितिको अध्यक्षमा प्रध्यापक डा गणेश गुरुङ्गलाई नियुक्त गरेको छ भने सदस्यमा प्रा.डा. तरुण पौडेललाई नियुक्त गरेको छ ।

यसैगरी प्रतिष्ठानको दरवन्दी तेरीज, सोव सुविधा समायोजन लगायतका विषयमा पनि निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ