२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना भाइरस : सतर्कता अपनाउँदै नेपाल-भारत सीमामा हेल्थडेस्क सञ्चालन

कोरोना भाइरस : सतर्कता अपनाउँदै नेपाल-भारत सीमामा हेल्थडेस्क सञ्चालन


बुटवल – नेपाल-भारत सीमा नाका बेलहीयामा कोरोना भाइरस चेकजाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको छ । हाल मुख्यरुपमा चीनलाई प्रभावित गरेको कोरोना भाइरसको विश्वभर सर्तकता बढीरहेको बेला नेपाल–भारत सिमा नाका बेलहीयामा हेल्प डेस्क स्थापना भएको हो ।

चीनमा भयावह बनाएको भाइरसले नेपाल र भारतमा पनि असर गर्ने देखिन थालेपछि रुपन्देहीको नेपाल–भारत सीमा बेलहिया र भारततर्फ सुनौलीमा हेल्थ डेस्क स्थापना गरी विदेशी पर्यटकको स्वास्थ्य चेकजाँच गर्न थालिएको छ । नेपालतर्फ बेलहियामा सिद्धार्थनगर नगरपालिकाको संयोजन जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, भिम अस्पताल, सुरक्षा निकाय, मेडिकल कलेज, गौतमबुद्ध विमानस्थल र अध्यागमन कार्यालय रुपन्देहीको समन्वयमा हेल्थ स्थापना गरिएको हो ।

हरेक दिन बिहान ७ बजेदेखि राती ८ वजे सम्म हेल्थ डेस्कमा शंका लागेको पर्यटकहरुको परीक्षण भइरहेको छ । लक्षण देखिएका पर्यटकहरुलाई भिम अस्पताल पठाउने भए पनि हाल सम्म कुनै बिरामी नभटेएिको डेस्कमा कार्यरत अनमी उमा काफ्लेले बताइन् ।

भैरहवा नाका स्थलमार्ग भएर भित्रिने नेपालकै प्रमुख नाका हो । यस नाकाबाट श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, भियतनाम पछि चीनबाट पर्यटक आउने गरेका कार्यालयले जनाएको छ । अहिले सरदरमा ३ सय २५ जना विदेशी पर्यटकहरु यस नाकाबाट आउने गरेका छन् । यहाँबाट आउने सबै पर्यटकलाई हेल्थ डेस्कमा परीक्षण गरेर मात्र नेपाल प्रवेशाज्ञा दिइरहेको अध्यागमन कार्यालय बेलहिया रुपन्देहीका प्रमुख गिरीराज खनालले बताए ।

नेपालसँगसँगै भारतले पनि सुनौलीस्थित अध्यागमन कार्यालयमा कोरोना भाईरसबारे सतर्कता अपनाउँदै पर्यटकको स्वास्थ्य चेकजाँचमा खटिएको छ । आदर्शनगर पञ्चायत सुनौलीले नेपालबाट भारत प्रवेश गर्ने पर्यटकहरुको उक्त डेस्कबाट स्वास्थ्य चेकजाँच गर्न थालेको हो। पहिला परिक्षण गरिने लक्षण शंकास्पद देखिएका विरामीहरुलाई महाराजगन्ज जिल्ला अस्पतालमा पठाएर थप चेक तथा अनुसन्धान गर्ने व्यवस्था मिलाएको डाक्टर सेफाली गुप्ताले बताइन् । भारतले चीन, जापान, सिंगापुर, थाईल्याण्ड, कोरिया र इटलीका नागरिकलाई विशेष निगरानी गर्दै सिमाक्षेत्रमा विशेष निगरानी बढाएको हो।

पर्यटकको पार्सपोर्ट हेर्दै, उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको गुप्ताको भनाई छ । अहिलेसम्म ९८ जनाको परीक्षण भईसकेको छ र कुनै पनि पर्यटकमा भाइरसको संक्रमण पाइएको छैन ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ