२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलमहीमा स्थापना भएको सामुदायिक डायलाइसिस सेन्टरद्वारा सेवा शुभारम्भ

लमहीमा स्थापना भएको सामुदायिक डायलाइसिस सेन्टरद्वारा सेवा शुभारम्भ


बुटवल—बुटवलस्थित गौतमवुद्ध सामुदायिक स्वास्थ्य संस्थाले दाङको लमहीमा स्थापना गरेको लमही सामुदायिक डायलाइसिस सेन्टरले सेवा शुभारम्भ गरेको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा स्थापना गरिएको सेन्टरमा १० वटा डायलाइसिस मेसिन जडान गरी सेवा सुरु हो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले करिब ५ करोडको लागतमा स्थापित सेन्टरबाट दैनिक ३० जना बिरामीको नियमित डायलाइसिस गर्न सकिने बताए । हाल तुलसीपुर र घोराही अस्पतालमा दुई—दुई वटा डायलाइसिस मेसिन संचालनमा रहेपनि बिरामीहरुको चाप धेरै भएकोले दाङ, प्युठान, सल्यान, रोल्पा, रुकुमलगायतका क्षेत्रबाट समेत बुटवल, नेपालगञ्ज, काठमाडौंमा डायलाइसीस गर्न जान बाध्य थिए ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बुटवलमा स्थापित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले लमहीमा संचालन गरेको डायलाइसिस सेन्टरबाट पश्चिम क्षेत्रका बिरामीहरुलाई राहत मिल्ने भन्दै खुशी व्यक्त गरे । उनले सरकारले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिनुपर्नेमा सामुदायिकस्तरबाट संचालित संस्था र अस्पतालले दिएकोप्रति प्रशंसा गरे ।

रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले स्वास्थ्य सेवाको सहज पहुँच नपुगेका स्थानमा सेवा पु¥याउने उद्देश्यले रोटरीको सहयोगमा लमहीमा डायलाइसिस सेन्टर स्थापना गरिएको बताए । उनले हाल १० वटा मेसिनबाट विरामीहरुको मिर्गौला डायलाइसिस सेवा सुरु गरिएपनि आवश्यकताको आधारमा थप मेसिन समेत जडान गर्न सकिने बताए । रोटरी क्लब अफ लमहीका अध्यक्ष रविलाल आचार्यले डायलाइसिस सेन्टर संचालनकै लागि रोटरी क्लब गठन गरिएको जानकारी दिंदै गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ