२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहाकाली अस्पताल उप–प्रादेशिक अस्पताल बनाइदैं, बैशाखभित्र आईसीयु सञ्चालन हुने

महाकाली अस्पताल उप–प्रादेशिक अस्पताल बनाइदैं, बैशाखभित्र आईसीयु सञ्चालन हुने


महेन्द्रनगर—कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पताललाई सुदूरपश्चिम प्रदेशको उप—प्रादेशिक अस्पताल बनाइने भएको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बिहीवार महाकाली अस्पतालको विस्तार स्वास्थ्य सेवा (ईएचएस) कार्यक्रमलाई उद्घाटनका क्रममा सो जानकारी दिएका हुन् ।

उनले महाकाली अस्पताललाई सुदूरपश्चिम प्रदेशको उप–प्रादेशिक अस्पतालका रूपमा रूपान्तरण गरिने बताए । ‘महाकाली अस्पताललाई सुदूरपश्चिम प्रदेशको उप—प्रादेशिक अस्पतालका रूपमा रूपान्तरण गर्ने योजना बनाइएको छ,’ उनले भने, ‘अस्पताललाई १ सय ५ शैय्याको अस्पतालका रूपमा स्तरोन्नती गरिनेछ ।’

मन्त्री सुवेदीले आउँदो वैशाखभित्र नै अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेको आईसीयु मेसिनलाई सुचारु गरिने बताएका छन् । साथै, उनले बिहीबार नै अस्पतालको विस्तारित स्वास्थ्य सेवा (ईएचएस)को उद्घाटन समेत गरेका छन् ।

सो क्रममा उनले अस्पतालको सेवा सहज रूपमा सञ्चालन गरी जनतालाई सर्वसुलभ तरिकाले सेवा दिने र अस्पतालमा कुनै पनि प्रकारको राजनीतिक दबाब हुन नदिने प्रतिवद्धता जनाए ।

अस्पतालको सेवा सुचारु गर्न आवश्यक पहल गर्दै बजेटमा कुनै पनि प्रकारको कमी हुन नदिने समेत मन्त्रीको सुवेदीको भनाइ थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ