२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनबाट उद्धार गरेका सबैको नमुना संकलन आज

चीनबाट उद्धार गरेका सबैको नमुना संकलन आज


काठमाडौं—चीनको वुहानबाट उद्धार गरी ल्याइएका १७५ जनाको नमुना परीक्षण आइतबार गरिने छ । स्वास्थ्यकर्मीहरुले उनीहरुको रगत र ¥यालको नमुना संकलन गरी परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएका छन् ।

सरकारले चीनमा कोरोना भाइरसको प्रकोप फैलन थालेपछि १८ माघबाट आफ्ना नागरिक उद्धारको औपचारिक तयारी थालेको थियो । इतिहासमा पहिलो पटक क्वारेन्टाइन गर्न लागेको नेपाललाई व्यवस्थापनमा केही समय लागेको थियो ।

शनिबार वुहानमा रहेका नेपालीलाई ल्याउन २ सय ७८ सिटे वाइडबडी विमान त्यसतर्फ पठाएको थियो । उक्त विमान १ सय ७५ जना नेपाली लिएर आइतबार बिहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो ।

विमानस्थलमा स्वास्थ्य परीक्षणपछि उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट दुई दिन रिपोर्ट आउँन समय लाग्ने छ । चालक दलका सदस्यलाई भने नगरकोटमा राखिएको छ । क्वारेन्टाइन स्थलमा २५ स्वास्थ्यकर्मी खटिएका छन् । उनिहरुको बिमा सरकारले गरिदिएको छ ।

आजसम्मको विश्व अवस्था

चीनमा फैलिएको कोरोना भाइरबाट संसारभर ६९ हजार बढी मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांकअनुसार ६९ हजार १९५ जना मानिसमा कोरोना सक्रमण फैलिएको छ, भने १६ सय ६९ जनाको भाइरसकै कारण मृत्यु भइसकेको छ । कोरोना संक्रमितमध्ये ९ हजार ४ सय ६५ जना निको भएका छन् ।

कहाँ कति संक्रमित

चीन १,६६५ मृत्यु, ६८,५०० संक्रमित
हङकङ १ मृत्यु, ५६ संक्रमित
जापान १ मृत्यु, ३३७ संक्रमित
फिलिपिन्स १ मृत्यु, ३संक्रमित
फ्रान्स १ मृत्यु, १२ संक्रमित

संक्रमित मात्रै
मकाउ १०
सिंगापुर ७२
थाइल्यान्ड ३४
दक्षिण कोरिया २९
मलेसिया २२
ताइवान १८
भियतनाम १६
जर्मनी १६
अमेरिका १५
अस्ट्रेलिया १४
बेलायत ९
यूएई ८
क्यानडा ८
भारत ३
इटाली ३
रुस २
स्पेन २
बेल्जियम १
नेपाल १
श्रीलंका १
स्वीडेन १
कम्बोडिया १
फिनल्यान्ड १
इजिप्ट १


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ