२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमहिला भन्दा पुरुष संक्रमितको मृत्यु हुने खतरा बढी : अध्ययन

महिला भन्दा पुरुष संक्रमितको मृत्यु हुने खतरा बढी : अध्ययन


काठमाडौँ – पुरुष र महिलामा कोभिड-१९ संक्रमित हुने खतरा समानरुपमा छ। तर पुरुषमा यसको गम्भीर प्रभाव पर्ने र मृत्यु बढी हुने खतरा रहेको पाइएको एक अध्धयनले जनाएको छ। सो अध्धयनमा उक्त भाइरसबाट संक्रमित भएका वृद्ध (पुरुष)लाई अत्यन्तै हेरचाहको जरुरत रहेको बताइएको छ।

पहिला गरिएको अनुसन्धानमा भने वृद्धाअवस्थाका मानिस र मधुमेह तथा उच्च रक्तचाप जस्ता रोगीहरुलाई कोभिड-१९को ज्यादा खतरा भएको निस्कर्ष निकालिएको थियो। फ्रन्टियर्स एण्ड पब्लिक हेल्थमा प्रकाशित एक नयाँ अध्ययनमा कोभिड-१९ संक्रमितको लैङ्गिक विभेद्ताको परीक्षण गरिएको थियो।

उक्त अध्ययनबाट चीनको बेजिङ्ग तोङ्ग्रेन अस्पतालका जिन क्यई समेत वैज्ञानिकहरुले मृत्यु हुने संक्रमितको प्रवृतिको मुल्याङ्कन गरे। एक अनुसन्धानकर्ताले भने, ”महिलाको तुलनामा पुरुषको बढी मृत्यु भएको पहिले जनवरीमा हामीले देखेका थियौ। यसबाट प्रश्न उठ्यो कि पुरुषमा संक्रमण हुने वा वा मृत्युलाई लिएर धेरै संवेदनशील छ ? हामीले कसैले पनि लैङ्गिकमा अनुसन्धान नगरे पछि हामीले यसमा अध्ययन शुरू गर्यौ।’ अनुसन्धानकर्ताका अनुसार अहिलेसम्म केहि मानिस भाइरसबाट अत्याधिक गम्भीर रुपबाट किन यस भाइरसबाट प्रभावित हुन्छन भन्ने बारे मानिसहरुले स्पष्टरुपले बुझेका छैनन्। गम्भीररुपका संक्रमितलाई निगरानी राखिएको आधारमा अनुसन्धानकर्ताले बुजुर्ग पुरुष र दिर्घरोगीलाई हेरचाह गर्नु नितान्त आवश्यक छ।

याङ् र उनको टीमले कयौ संक्रमितको डेटा विश्लेषण गरी पुरष र महिलाद्वारा कोभिड १९ मा प्रतिक्रिया दिन कुनै भिन्नता छ वा छैन भनेर जाँच गरे। यसबाट ४३ विरामीको जानकारी थियो जुन डाक्टरले उपचार गरेका थिए। साथै कोभिडका एक हजार ५६ विरामीको सार्वजनिक रूपबाट उपलब्ध जानकारी पनि लिएको थियो। पुरुष र महिलाको उमेर र संख्या समान थियो तर पुरुषको बढी गम्भीर अबस्था रहेको उनीहरुको दावी छ। वैज्ञानिकले मृत्यु हुनेमा ७० प्रतिशत पुरुष रहेको पाए। यसको अर्थ महिलाको तुलनामा पुरुषको मृत्युदर २.५ गुणा हुनसक्छ।

पुरुषको उमेर जति भएपनि पुरुष हुनकै कारण कोभिडबाट गम्भीर अबस्था हुने खतरा बढीरहेको अध्ययनमा उल्लेख छ। एक वैज्ञानिकले भने, ‘महिलाभन्दा बढी पुरुष किन प्रभावित हुन्छन ? भन्ने निर्धारित गर्नको लागि अझै अनुसन्धान आवश्यक छ। यस परिणामलाई पुष्टी गर्नको लागी ठुलो अध्ययनको जरुरत छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ