२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यलामो समय देखि क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता ऋषि कपूरको निधन

लामो समय देखि क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता ऋषि कपूरको निधन


काठमाडौँ – क्यान्सरपीडित बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । लामो समय देखि क्यान्सरसँग लडिरहेका ६७ वर्षीय कपुरलाई श्वास लिन समस्या र ज्वरो धेरै आएको कारण बुधबार अस्पतालले भर्ना लिएको थियो ।

भारतीय मिडियाको अनुसार उनको स्वास्थ्य विग्रिएपछि उनलाई भेटीलेटरमा राखिएको थियो तर विहिबार विहान ३ बजे उनले कुनै प्रतिक्रिया जनाएनन् । जसकारण ५ बजेर २० मिनेटमा अस्पतालले उनलाई मृत घोषित गरेको हो ।

ऋषि कपूरले अमेरिकामा ११ महिनासम्म क्यान्सरको उपचार गराएर अघिल्लो बर्ष सेप्टेम्बरमा भारत फर्किएका थिए । सन् २०१८मा कपुरलाई क्यान्सर भएको थियो। उनी उपचारका लागि अमेरिका गएका थिए। केहि दिन अघि मात्रै उनले एक अन्तर्वार्तामा भनेका थिए – ”अहिले म स्वस्थ महशुस गरिरहेको छु र कुनै पनि काम गर्न सक्छु ।  अभिनय पुन कहिने सुरु गर्ने बारे पनि सोचिरहेको छु।”

ऋषि कपूरले बलिउडमा सन् १९७० मा आफ्नो बाबुको फिल्म ‘मेरा नाम जोकर’बाट डेब्यु गरेका थिए । आफ्नो करियरमा १९७३-२००० सम्म ९२ फिल्ममा रोमान्टिक हिरोको भूमिका निभाएका थिए। उनी आफ्नो जवानामा चक्लेटी अभिनेताका रुपमा चर्चित थिए । उनले आफ्नो श्रीमती अभिनेत्री नेतु कपूरसँग १२ चलचित्र गरेका छन् । यति मात्र हैन उनले १९९८मा  अभिनेता अक्षय खन्ना र अभिनेत्री ऐश्वर्या राय बच्चनद्वारा अभिनित चलचित्र ‘आ अब लौट चले’को निर्देशन समेत गरेका थिए ।

बुधबार अभिनेता इरफान खानको मृत्यु पछि बहुचर्चित अभिनेता कपुरको मृत्युको खबरले बलिउड शोकमा डुबेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ