२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यछिमेकी राष्ट्र भारतमा कोरोनाबाट १ हजारभन्दा बढीले गुमाए ज्यान

छिमेकी राष्ट्र भारतमा कोरोनाबाट १ हजारभन्दा बढीले गुमाए ज्यान


काठमाडौँ – छिमेकी राष्ट्र भारतमा कोरनाबाट १ हजार भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । भारतीय स्वास्थ्य विभागले जानकारी दिए अनुसार ३३ हजार  ५० जनामा संक्रमण पुष्टी भएको छ भने १ हजार ७४ जना संक्रमितको मृत्यु भएको हो ।

सो संक्रमित मध्ये ८ हजार ३ सय २५ ठिक भइसकेका छन् भने २३ हजार ६ सय ५१ केस अझै सक्रिय छ ।

यता नेपालको कुरा गर्ने हो भने हालसम्म ५७ जनामा कोरोना पुष्टी भएको छ जसमा १६ जना निको भएका छन् । संक्रमण बढ्दै गएपछि कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि सरकारले केहि समयको लागि मुलुकभर लकडाउन गरेको छ । त्यस्तै देशभर नै कोरोना परीक्षण गरिरहेको छ ।

चीनबाट सुरु भएको कोभिड-१९ विश्वका कयौं देशमा फैलिएको छ । सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ जहाँ हालसम्म ६१ हजार ६ सय ६९ संक्रमितले ज्यान गुमाएका छन् भने १० लाख ६४ हजार ५ सय ७२ जनामा कोरोना पुष्टी भएको छ ।

विश्वभर गरेर हाल ३२ लाख ३० हजार १ सय ५७ जनामा कोरोना संक्रमित छन् जसमध्ये १० लाख ७ हजार १ सय १६ जना निको भएका छन्। मृत्यु हुने संक्रमितको संख्या २२ लाख ८ हजार ३ सय ८४ रहेको छ ।

– एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ