२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकसरी गर्न सकिएला ‘कोभिड-१९’ महामारीको रोकथाम ?

कसरी गर्न सकिएला ‘कोभिड-१९’ महामारीको रोकथाम ?


कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै राष्ट्र तथा अन्तर्राष्ट्रिय सरकार तथा स्वस्थ्य संस्थाका निकायहरु यस मह्मारीको औषधी तथा खोपबारे अध्ययन एवम् अनुसन्धानमा जुटिरहेका छन् । हाल देखिएको नयाँ भाइरसको औषधी पत्ता नलागेको बेला सम्पूर्ण विश्व नै यतिबेला पहिले नै विभिन्न रोगका विरुद्ध लड्नको निम्ति निर्माण भइसकेका औषधी कै माध्यमबाट यस कोभिड१९ को लडाई लड्ने सम्भावित पक्षहरु अध्ययन गरिरहेका छन् ।

के हो कोरोना भाइरस ?

वाइर्ड (Wired) मा प्रकाशित एक रिपोर्टअनुसार फोक्सो तथा सानो आन्द्रासँग जोडिने ‘एसिई-२’ नामक प्रोटिनमा यस भाइरसले असर पु¥याए पश्चात् व्यक्तिमा यसको संक्रमण देखा पर्दछ । जसकारण मानवीय कोषिकामा संलग्न रहने यो भाइरसलाई सार्स–कोभ–२ पनि भनिन्छ ।

यस भाइरसको संक्रमणपश्चात् उपचार गर्नुभन्दा यसको संक्रमण हुनबाट जोगिनु नै उत्तम उपाय रहेको विभिन्न वैज्ञानिकहरुले बताउँदै आएका छन् । र, यसलाई हामीले हाम्रो सौभाग्य पनि मान्नुपर्छ, किनकी यस रोगको उपचार नभएता पनि यसबाट बच्ने उपाय भने हामी माझ प्रष्ट भइसकेको छ ।

रोकथाम तथा बच्ने उपाय

कोभिड-१९विरुद्ध  खोप

यस रोगबाट बच्ने सर्वाेत्तम उपाय भनेको हाललाई  कोभिड-१९ विरुद्धको खोप नै हो । यसले व्यक्तिमा लामो समयसम्म रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ । यसका साथै यसलाई व्यक्तिमा देखा पर्ने भाइरल इन्फेक्शनबाट बच्ने सबैभन्दा उत्तम उपाय समेत मानिन्छ ।

 प्लाज्मा थेरापी

कोरोना भाइरसबाट बच्ने अर्काे सम्भावित उपाय भनेको ‘रक्त प्लाज्मा’ हो । संक्रमण पश्चात् निको भइसकेका व्यक्तिको रक्त प्लाज्मा गर्नाले यसबाट शरीरमा रहेका कोरोना भाइरस मर्ने सम्भावना उच्च रहन्छ । यस प्लाज्मा खोपको माध्यमबाट नयाँ संक्रमित वा जोखिममा परेका बिरामीलाई भाइरस रोक्न मद्दत गर्ने ‘एन्टिबडि’ प्रदान गरिन्छ ।

सिन्थेटिक मोलिक्युल्स

कोरोना भाइरसबाट बच्ने विभिन्न रोकथामका उपायहरु यदि असफल भएमा वैज्ञानिकहरुले ‘एसिई२’ जस्तै रहेको ‘डिकोइज’ वा ‘सिन्थेटिक’ अणुहरु शरीरमा पठाएर पनि कोभिड-१९ बाट बच्ने सकिने जनाएको छ । उक्त अणुहरुले भाइरसलाई प्रोटिनमा नै मिश्रित गरिदिन्छ । जसकारण भाइरसले फोक्सोलाई हानी गर्न सक्दैन ।

प्राकृतिक प्रयासलाई परिवर्तन गर्ने

शरीरका मेशिनरी कोषिकाहरु संक्रमित हुनु नै उक्त भाइरस संक्रमणको प्रमुख कारण हो । यस मेशिनरी सञ्चालनका कारण भाइरस अलमलमा परी यसले स्वस्थ्य कोषहरुलाई हानी गर्न छाड्ने वैज्ञानिकहरुको भनाइ रहेको छ ।

परिवर्तन

केहि अध्ययनहरुले पहिले नै पत्ता लागिसकेका र शरीरको सुरक्षा गर्न सक्ने कोषहरुमा परिवर्तन गर्न साबित भएका औषधीमा नै कोभिड-१९ को उपचार खोज्ने प्रयास गरिरहेका छन् ।

क्लोरोक्विन फोसफेट

यो मानवीय शरीरमा रहने ‘पिएच’ कोषमा परिवर्तन गराई मलेरियाको उपचार गर्नको निम्ति उत्पादन गरिएको उपचार हो । उक्त उपचारले कोषलाई कम अम्लीय बनाई व्यक्तिलाई अस्पताल जानुपर्ने अवस्थाबाट टाढा राख्दछ ।

 ‘प्रोटिज इन्हिबिटर्स’

प्रोटिजको उपस्थितिलाई घटाउने यस यस औषधीले ‘एचआइभि’ तथा ‘हेपटाइटिस सी’ जस्ता रोगहरुको उपचार गर्दछ । तसर्थ, यस औषधीको माध्यमबाट कोरोना भाइरसले कोषमा प्रभाव पार्न नसक्नेमा वैज्ञानिकहरुको विश्वास रहेको छ ।

रिम्डिसिविर तथा फ्याविपिराविर

यी औषधीको मुख्य उद्देश्य भनेको मुख्य कोषमा रहेको वशांणु तत्व अन्र्तगत प्रभाव पार्ने पोलिमिरेज नामक ‘इन्जायम’ हो । ‘रिम्डिसिविर इबोला’को उपचार गर्न निर्माण गरिएको औषधी हो भने ‘फ्याविपिराविर फ्लु’को उपचारको निम्ति बनाइएको औषधी हो ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ