२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी महान डाक्टर जसले कयौं कोरोना पीडितलाई निको पारिन, तर आफैले गरिन् आत्महत्या

यी महान डाक्टर जसले कयौं कोरोना पीडितलाई निको पारिन, तर आफैले गरिन् आत्महत्या


काठमाडौँ – कयौं कोभिड-१९ का विरामीको उपचारमा खटिएर नयाँ जीवन दिन सफल बनेकी डाक्टरले स्वास्थ्यकर्मीहरु दैनिक मानसिक रुपमा संघर्ष गर्दै कोरोनाको महामारीको सामना गरिरहेको बताउँदै आत्महत्या गरिन।

डाक्टर लोर्ना एम ब्रीन न्युयोर्कको प्रेस्बिटेरियन एलन अस्पतालमा इमर्जेन्सी डिपार्टमेन्टको मेडिकल डाइरेक्टर थिइन् । संक्रमितको उपचार गर्दा-दर्दै उनी आफै संक्रमित हुन् पुगिन् । उनको मृत्युपछि चिकित्सकहरुमा मानसिक असर देखिन थाल्यो । २ सय शैय्या रहेको उक्त अस्पतालमा १ सय ७० कोरोना संक्रमितको उपचार भइरहेको छ ।

डाक्टर लोर्नालाई कुनै मानसिक बिरामी थिएन 

डा. ब्रीनका बुवा डा. फिलिपका अनुसार कोरोना विरामीको डरलाग्दो अवस्था डाक्टर लोर्नाले देखेकी थिइन्  । उनी आफ्नो काम पुरा महेनत लगाएर गरिरहेकी थिइन् । उनले भने,, ‘कोरोना संक्रमण ठिक भएर घर त उनी आए तर फेरी केहि दिन पछि अस्पताल जान थालिन। हामीले उनलाई रोक्यौ ।’

४९ वर्षीया उनी निकै निराश बस्ने गर्थिन । उनले थपे, ‘मलाई छोरीले भनेकी थिइन् ।  मलाई अनौठो महशुस भइरहेको छ मलाई केहि गलत भइरहेका जस्तो लाग्दैछ। उनले मलाई विरामीहरुले अस्पताल अघि एम्बुलेन्सबाट उत्रिनु अघि नै ज्यान गुमाइरहेका छन् ।’

 डाक्टरहरुमा मानसिक स्वास्थ्यको चुनौती कोभिड-१९ले पैदा गर्यो   

न्यूयोर्क-प्रेस्बिटेरियन ब्रुकलिन मेथोडिस्ट अस्पतालमा क्वालिटी केयरका भाइस चेयरम्यान डाक्टर लोरेन्स ए मेलनिकर भन्छन, ‘कोभिड-१९’ पुरा न्युयोर्कमा इमर्जेन्सीको लागि मानसिक स्वास्थ्य चुनौतीहरु पैदा गरेको छ । डाक्टर सधै हरेक त्राससँग लड्न तत्पर रहन्छ तर उनीहरु आफै विरामी पर्ने र उनीहरुको कारण परिवार संक्रमित हुन्छन भन्ने चिन्ता हुँदैन जति चिन्ता कोभिड-१९को केसमा छ ।

डा. लोर्ना सच्चा हिरो : अस्पताल

डाक्टर ब्रीन कोरोना भाइरससँग लडिरहेको मानिसको अग्रपंक्तिमा थिए ।  अस्पतालले उनलाई सच्चा हिरो बताउँदै भने, ‘डाक्टर लोर्नाले मुस्किल समयमा पनि संक्रमितहरुको उपचार गर्दै उच्चतम आदर्श प्रदर्शन गरे । उनको मृत्यु हाम्रो लागि कयौ प्रश्न खडा गरेको छ जसको हामी जवाफ खोज्दै छौ ।’

हसिलो र मिलनसार थिइन उनी

डाक्टर ब्रीनको साथीले उनी  न्यूयोर्कको स्की क्लबको सदस्य थिइन्। हप्तामा एकपटक वृद्धको लागि उनी सेवा गर्न जाने गर्थिन । उनलाई साल्सा डान्समा रुची थियो ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ