२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेलायती प्रधानमन्त्री जोनसनले आफूलाई बचाउने डाक्टरको नामबाट राखे छोराको नाम  

बेलायती प्रधानमन्त्री जोनसनले आफूलाई बचाउने डाक्टरको नामबाट राखे छोराको नाम  


बेलायती प्रधानमन्त्री बोरिस जोनसन आफ्नो छोराको नाम डाक्टरको नामबाट राखेका छन्। जोनसनले आफूलाई उपचार गर्ने डाक्टरको नामबाट छोराको नाम ‘विल्फ्रेड लोरी निकोलस जनसन’ राखेका हुन्।

बोरिसकी हुनेवाला श्रीमती केरी साइमन्ड्स गएको २९ अप्रिलमा छोरा जन्माएकी थिइन । केरीले  इंस्टाग्रामबाट उक्त जानकारी दिंदै लेखेकी छिन् -‘निकोलस हामीले ती दुई डाक्टरको नामबाट लियौं । जसले पछिल्लो महिना कोरोना संक्रमित बोरिसको ज्यान बचाएका थिए । पहिलो नाम विल्फ्रेड जोनसनको हजुरबुबा र लोरी मेरो बुबाको नामबाट लिएका छौ ।’ केरीले एनएचएसका मेडिकल स्टाफलाई समेत उक्त पोष्टमार्फत धन्यवाद दिएकी छिन् ।

जुन डाक्टरको नाम केरीले जिकिर गरिन उक्त डाक्टरहरुको नाम निक प्राइस और निक हार्ट हो ।

प्रधानमन्त्री जोनसनलाई स्वास्थ्य समस्या देखिए पछि गत ५ अप्रिलमा अस्पताल भर्ना गरिएको थियो । उनलाई ३ दिन जति आइसीयुमा बस्नुपर्यो भने स्वास्थ्यमा सुधार देखिन थालेपछि करिब एक हप्ता पछि डिस्चार्ज भए । डिस्चार्ज पछि  एक अन्तर्वार्तामा उनले भनेका थिए – ‘मलाई जिउँदो राख्नको लागि डाक्टरहरुले कयौं लिटर अक्सिजन दिए । म कहिले यहाँबाट बाहिर जाउ भनेर सोचेर बस्थे । स्वास्थ्य अबस्था यतिसम्म विग्रिन्छ भनेर मलाई विश्वास नै भइरहेको थिएन ।”

जोनसन चार सन्तानका पिता

जोनसनको पहिला नै ४ सन्तान थिए । २६ वर्षीया लारा लेटिस, २४ वर्षीय मिलो अर्थर, २२ वर्षीया केसिया पीचेस २२ वर्षीय थियोडोर अपोलो हुन्। विवाहको २५ वसन्त पार गरेपछि उनले पहिलो श्रीमती बैरिस्टर मेरिना व्हीलरसँग सम्बन्ध विच्छेद गरेका थिए ।

जोनसन आफ्नो पहिलो श्रीमतीसँग छुट्टिएर आफ्नी प्रेमिकासँग बस्न थालेका थिए । सन् २०१९ को शुरुवातमा उनको र साइमन्ड्सको प्रेम सम्बन्धको चर्चा मिडियामा आएको थियो । त्यसको केहि समय पछि जोनसन बेलायतका प्रधानमन्त्री बनेका थिए । केरी डाउनिंग स्ट्रिटको प्रधानमन्त्री निवासमा बोरिससँग बस्न थालिन । केरी र उनी विवाहपुर्व नै एकसाथ् बस्ने गर्थे ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ