२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा एउटै शौचालय प्रयोग गरेका ४१ जनामा कोरोना पुष्टि

भारतमा एउटै शौचालय प्रयोग गरेका ४१ जनामा कोरोना पुष्टि


भारतको राजधानी दिल्लीमा कोरोना विरामीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। शनिबार मात्रै एउटै भवनमा रहेका ४१ व्यक्तिमा कोरोना पुष्टि भएको पाइएको छ। भारतीय संचार माध्यमका अनुसार दक्षिणी पश्चिमी दिल्लीको कापसहेड़ा इलाका नजिक एक विल्डिंगमा एउटै शौचालय प्रयोग गरेर ४१ जना संक्रमित भएका हुन्।

दिल्लीको कापसहेड़ा इलाकामा १८ अप्रिलमा कोरोनाको पहिलो केस देखिएको थियो। उक्त क्षेत्रमा बाक्लो बस्ती रहेकोले प्रशासनले १९ अप्रिलमा पूरा इलाका सिल गरेको थियो। त्यसपछि २० र २१ अप्रिल गरी त्यहाँ बस्ने १ सय ७५ जनाको कोरोना परीक्षण नमूना नोयडाको (एनआईबी) प्रयोगशालामा पठाइएको थियो। जसमध्ये ४१ जनामा कोरोना पुष्टि भयो भने केहि व्यक्तिको रिपोर्ट आउन बाँकी रहेको छ।

नोयडाका डीएमको अनुसार जुन बिल्डिंगमा ४१ कोरोना पुष्टी पाइएको थियो त्यहाँ सबै एउटै शौचालय प्रयोग गर्ने गर्छन । सानो घर र बाक्लो बस्तीको कारण सामाजिक दूरी पालन नगर्नु कै सम्मान रहेको उनले जनाएका छन् ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ