२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भ्याक्सिनको लागि विश्वका शीर्ष नेताहरु कस्तो पहल गर्दैछन् ?

कोरोना भ्याक्सिनको लागि विश्वका शीर्ष नेताहरु कस्तो पहल गर्दैछन् ?


विश्व स्वास्थ्य संगठनले कयौं पटक प्रभावकारी भ्याक्सिन र औषधी विना कोरोना नियन्त्रण गर्न कठिन रहेको बताउँदै आएको छ। संयुक्त राष्ट्रले पनि सामान्य जीवनमा फर्किनको लागि खोपमात्र एउटा विकल्प  रहेको जनाएको छ ।

पूरा विश्व यस समय कोरोना भाइरससँग लडिरहेको छ। उक्त भाइरसबाट मृत्यु हुने संख्या बढेर साढे २ लाख पुग्ने संघारमा छ । त्यस्तै संक्रमित व्यक्तिको संख्या ३५ लाख नाघेको छ। यस्तो अवस्थामा विश्वभरमा कोरोनाविरुद्ध खोपलाई लिएर तीव्ररुपमा काम भइरहेको छ।

यस्तोमा शक्तिशाली मानिने राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले यस वर्षको अन्त्यसम्ममा कोरोना भ्याक्सिन आउने दावी गरेका छन्। उनले मात्र हैन यूरोपीय देशका कयौं शीर्ष नेताहरुले पनि भ्याक्सिन बनाउने कामलाई छिटो भन्दा छिटो अघि बढाउन पहल गरेका छन् ।

कोरोना विरुद्ध खोप बनाउनको लागि एकजुट भएर लाग्नु पर्नेमा शिर्ष नेताहरुको मत छ। यूरोपीय केहि नेताहरुले संयुक्त खुल्लापत्रमा ८.३ अरब फन्ड जुटाउने उल्लेख गरेका छन्। ब्रसेल्सको नेतृत्वमा उक्त पहल यूरोपीय आयोगका अध्यक्ष उरसुला वॉन डर लेनले गरेका हुन् । सो खुल्ला पत्रमा हस्ताक्षर गर्नेमा इटालीका प्रधानमन्त्री जुसेपे कोंटी, जर्मनीका चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो पनि पर्छन ।

कोरोना भ्याक्सिनको लागि जुटाइएको फन्डबाट एक असाधारण अन्तर्राष्ट्रिय सहयोगको सुरुवात हुनेछ जसमा वैज्ञानिक र रेगुलेटर्स, इन्डस्ट्री र सरकारी अन्तर्राष्ट्रिय संगठन, फाउन्डेशन र हेल्थकेयर प्रोफेस्नल्स सहभागी हुने उक्त पत्रमा जाहेर गरिएको छ। यसको साथै पत्रमा भनिएको छ – ‘यदि हामी पूरा विश्वको लागि भ्याक्सिन बनाउन सक्यौ भने २१ औ शताब्दीका मानिसको भलाईको लागि उल्लेखनीय कार्य हुनेछ।’

अमेरिकाभन्दा फरक यी नेताहरुले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्रयासलाई कदर गरेका छन्।

यता, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले धेरैपटक संगठनको आलोचना गरेका छन्। संगठनले कोरोना भाइरस बारे विश्वलाई ढिला सतर्क गराएको उनको आरोप छ । सोमबार एक अनलाइन कन्फरेन्स हुँदै छ जसमा ब्रिटेन, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, नर्वे , साऊदी अरब र यूरोपीय आयोग भाग लिनेछन् ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले पनि सहकार्य गरेर भ्याक्सिनको काम गर्न अपिल गरेका छन्। ब्रिटेनमा अक्सफोर्ड यूनिभर्सिटीले केहि दिन अघि भ्याक्सिनको ह्युमन ट्रायल पनि सुरु छ जसको नतिजा केहि महिनामा आउनेछ।

-बीबीसी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ