२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड-१९ संक्रमण रोक्ने नयाँ एन्टीबडी पत्ता लागेको वैज्ञानिकको दावी

कोभिड-१९ संक्रमण रोक्ने नयाँ एन्टीबडी पत्ता लागेको वैज्ञानिकको दावी


कोरोना संक्रमणको अन्त्य गर्नको लागि नेदरल्यान्ड्सका वैज्ञानिकले कोरोना संक्रमण रोक्ने नयाँ एन्टीबडी पत्ता लगाएका छन्। ’47D1′ नामक उक्त नयाँ एन्टीबडीले कोभिड-१९ को स्पाइक प्रोटिनलाई जोडेर ब्लक गर्ने गर्दछ। कोरोनाले शरीरमा संक्रमण फैलाउनको लागि स्पाइक प्रोटीनमार्फत कोषिकालाई बलियो गरी समात्ने काम गर्छ।

कोषिकाहरुलाई संक्रमित गरेपछि यसमा आफ्नो संख्या बढाउन सुरु गर्छ र थोरै-थोरै गरी नाजुक अवस्थामा पुर्याउछ। एन्टीबडीको पत्ता लगाउने नेदरल्यान्ड्स यूट्रेच्ड यूनिभर्सिटीले मुसाको प्रयोग गरेर (47D11) एन्टीबडीको पत्ता लगाएका हुन्।

अध्ययनको क्रममा मुसाको कोषिकाहरुमा (47D1) एन्टीबडी सामेल हुँदा कोरोनाको प्रोटीनलाई समात्तेर ब्लक गरेर असर खतम गरी संक्रमण रोक्ने पत्ता लागेको छ। अनुसन्धानकर्ताको अनुसार यो नयाँ अध्ययनले कोरोना बिरामीको उपचारमा विशेष रुपमा सहयोग पुर्याउने छ।

 

यसरी पत्ता लाग्यो ‘एन्टीबडीज’

प्रयोगशालामा भिन्न-भिन्न कोरोना भाइरसको स्पाइक प्रोटीनलाई मुसाको कोषिकाहरुमा ‘इन्जेक्ट’ गरिएको थियो। उक्त प्रयोगमा ल्याइएको कोभिड-१९मा (SARS-CoV2), सार्स र मर्स सामेल छन्। मुसामा ५१ एन्टीबडीजबाट कोरोनालाई हराउने मुसाको ५१ एन्टीबडीज छुट्याइएको छ। यसमध्ये मात्र ’47D11′ नामक एन्टीबडी मात्रै संक्रमण रोक्न सफल बनेको छ।

यदि यो एन्टीबडी मानिसको शरीरमा पुर्याउने हो भने संक्रमणको तरिका बदलिने वैज्ञानिकको दावी छ। उनीहरुकाअनुसार संक्रमित मानिसबाट स्वस्थ मानिसमा भाइरस फैलनबाट रोक्नेछ।

उक्त एन्टीबडी दुवै भाइरस (SARS-CoV र SARS-CoV2) को संक्रमण रोक्ने अनुसन्धानकर्ताहरुको दावी छ। यस बाहेक नयाँ उक्त एन्टीबडीले कोरोना संक्रमणको कारण भविष्यमा आउने महामारीको केसलाई सामना गर्न मद्दत मिल्नेछ। यो एन्टीबडी (ACE2) एन्जाइमलाई समात्छ जसले कोरोनालाई मानिसमा पुर्याउँछ।

के हो त एन्टीबडी ?

यो प्रोटिनबाट बनेको ‘इम्यून’ कोषिकाहरु हो जसलाई बी-लिम्फोसाइट भनिन्छ। जब शरीरमा कुनै बाहिरी चीज (फोरेन बडीज) प्रवेश गर्ने प्रयास गर्छ तब यो  ‘अलर्ट’ हुने गर्छ। ब्याक्टेरिया वा भाइरसको विषालु पदार्थलाई निष्क्रिय पार्ने काम यस एन्टीबडीजले गर्छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ